सुधा मिस नेवाः कोशी



विराटनगर, (नेस)। मिस नेवाः कोशी ११३८ को उपाधि विराटनगरकी सुधा श्रेष्ठले जितेकी छन्। मञ्जिना मुभिज प्रालिको आयोजनामा विराटनगरमा सम्पन्न मिस नेवा प्रतियोगितामा १३ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै सुधाले उपाधिसँगै ताज पहिरिन्।

त्यस्तै निषा शाक्य फस्ट र आस्मा तुलाधर सेकेन्ड रनर्सअप भएका छन्। प्रतियोगितामा एलिना श्रेष्ठ भिवर्स च्वाइस, मनिषा शाक्य मिस ट्यालेन्ट, तमना श्रेष्ठ मिस चार्मिङ, रुइना प्रधान वेस्ट फिजिक र नियती प्रधान वेस्ट ड्रेस भएका छन्। त्यसै गरी शुभेक्षा ताम्राकार एथलेटिक, स्नेहा श्रेष्ठ मिस डिसिपिलिन, आरजु श्रेष्ठ मिस पर्सनालिटी, रुजा शाक्य मिस क्याटवक, चेलिना श्रेष्ठ मिस फ्रेन्डसिप, र सिर्जना श्रेष्ठ वेस्ट स्माइल भएका छन्।

प्रतियोगितामा बीएफएमका कार्यकारी निर्देशक डा. सन्देशदास श्रेष्ठ, मकालु टेलिभिजनका सीईओ दिवस सुवेदी, नायिका सञ्चिता लुर्ईंंटेल, सञ्चारकर्मी रश्मिला प्रजापति र जयन सुब्बा मानन्धरले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

कोसिसमा गत वर्षदेखि मिस नेवाः प्रतियोगिता शुरू गरिएको हो। नेवारी संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा विभिन्न चरण पार गरेर आएका १३ जना युवतीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिइने आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत जतिन ताम्राकारले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्