भारतले किन मार्‍यो ६ वर्षीया बघिनीलाई



काठमाडाैं । भारतीय इतिहासकै ठूलोमध्येको एक खोजी अभियानपछि एउटी ६ वर्षीया नरभक्षी बघिनीलाई गोली हानी मारिएको छ ।

६ वर्षीया उक्त बघिनी दुई वर्षअघि पश्चिमी राज्य महाराष्ट्रको जङ्गलबाट भागेकी थिइ ।

गत महिना वन अधिकारीहरूले ती बघिनीलाई आकर्षित पार्न अत्तर छर्केका थिए ।

अधिकारकर्मीहरूले ती बघिनीलाई बचाउने अभियान चलाएका थिए, तर सर्वोच्च अदालतले वन अधिकारीहरू त्यसलाई मार्न बाध्य भए त्यसमा हस्तक्षेप नगर्ने बताएको थियो ।

बघिनी देखिएको सूचनाका आधारमा शुक्रवार साँझ एउटा गस्ती टोली बोराती गाउँ नजिकको क्षेत्र पुगेको थियो ।

बेहोस पार्ने डार्ट्स प्रहार गरिएपछि आठदेखि १० मिटरको दूरीबाट एउटै गोलीको प्रहारबाट बघिनी मारिएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीरहरूका अनुसार अब सो बघिनीको शवको पोस्टमार्टम गरिनेछ ।

बघिनीलाई लक्षित गर्दै मध्य भारतमा ठूलो स्तरमा एउटा खोजी अभियान गरिएको थियो ।

वन विभागका एक सयभन्दा बढी अधिकारी, सुरक्षाकर्मी, बेहोस पार्ने विशेषज्ञ, निशानेबाज र पशु चिकित्सक एउटा बघिनीलाई खोजिरहेका थिए ।

गत सेप्टेम्बरमा सर्वोच्च अदालतले ती बघिनीलाई मार्न नहुने मागसहितको एउटा रिट खारेज गरिदियो, त्यसपछि बघिनीको खोजी अभियान पुनः शुरू भएको थियो ।

भारतमा पहिला घट्ने क्रममा रहेको बाघको सङ्ख्या संरक्षण प्रयासपछि सन् २००६ यता बढिरहेको छ ।

विश्वका कुल बाघमध्ये ६० प्रतिशत भारतमा छन् ।

सन् २०१४ मा गरिएको गणना अनुसार भारतमा बाघको सङ्ख्या २,२२६ छ ।

भारतको पर्यावरण मन्त्रालयका अनुसार बाघ र हात्तीको आक्रमणबाट सन् २०१४ को एप्रिलदेखि सन् २०१७ को मेको बीचमा १,१४४ जना मारिएका छन् ।

त्यसमध्ये १,०५२ जना हात्तीको आक्रमणबाट मारिएका हुन् भने ९२ जना बाघको आक्रमणबाट। बीबीसी

प्रतिक्रिया दिनुहोस्