जन्मजात नागरिकता अधिकार समाप्त पार्ने ट्रम्पको घोषणा



वासिङटन (एजेन्सी)
राष्टपति डोनाल्ड ट्रम्पले अमेरिकामा गैर अमेरिकी मातापिताबाट जन्मेका बच्चाहरुको जन्मजात नागरिकताको अधिकार समाप्त पार्ने निर्णय गरेको छ । यसका लागि राष्ट्रपतिले शासकिय आदेश ल्याउने बताएपछि त्यसको तिखो आलोचना भइरहेको छ ।

ट्रम्पको रिपब्लिकन पार्टीबाट पनि राष्ट्रपतिको उक्त नितिको आलोचना भइरहेको छ । एक्सिओसलाई दिएको एक साक्षात्कारमा जन्मजात नागरिकता नागरिकता समाप्त हुने र यो काम शासकिय आदेशको माध्यमबाट हुने ट्रम्पले बताएका थिए ।
अमेरिकी प्रतिनिधि सभाका सभामुख, कांग्रेस सदस्य पल रयानले भने– तपाईको शासकिय आदेशको माध्यम जन्मजात नागरिकतालाई समाप्त पार्न सक्दैन ।

पुर्व राष्ट्रपति बाराक ओबामाले शासकिय आदेशबाट आप्रवासी नियममा परिवर्त गर्ने प्रयास गरेको र त्यतिबेला पनि आफुहरुले त्यसलाई अस्विकार गरेको रयानल बताए । कन्जरर्भेटिव पार्टी हुनुका कारण संविधानमा विश्वास गरेको पनि उनले थपे ।
बर्तमान कानुन अनुसार अमेरिकामा जन्मेका कुनै बच्चा अमेरिकी नागरिक हुन्छ । त्यसका लागि उनका मातापिता अमेरिका नागरिक नभएपनि फरक पार्दैन । ‘

अमेरिकामा जन्मेका कसैलाई पनि नागरिकता दिनु हास्यास्पद भएको ट्रम्पले बताए । उनले भने– हामी विश्वको एक मात्र देश हौ जहाँ कोही आउँछ र बच्चा जन्माउँछ र फेरी बच्चा ८५ बर्षका लागि अमेरिकाको अनिवार्य नागरिक बन्छ र उसले सबै प्रकारका लाभ प्राप्त गर्छ । यो हास्यास्पद हो । अब यसको अन्त्य हुनु पर्छ ।

सिनेटको शक्तिशाली न्यायपालिका समितिका अध्यक्ष रिपब्लिकन सांसद चक ग्रासले त्यसतो गर्न संविधानमा संशोधान गर्नु पर्ने बताए । डेमोत्र्mयाटिक पार्टीका नेता नेन्सी पेलोसीले ट्रम्पको उक्त कदमको आलोचना गरेकी छिन् ।
अमेरिकन इम्मिग्रेसन काउनिसलका कार्यकारी निर्देशक बेथ बर्लिनले भने– कुनै पनि राष्ट्रपतिले आफनो कलमबाट संविधान परिवर्तन गर्न सक्दैन । जन्मजात नागरिकताको प्रावधानलाई संविधानमा नयाँ संशोधन गरेर मात्रै अन्त्य गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्