एसिया विवीको मृत्युदण्ड उल्टिँदा तनाव शुरु



इस्लामावाद,(एजेन्सी)
पाकिस्तानको एक अदालतले बुधवार इस्लाम धर्मके अपमान र निन्दा गरेको अभियोगमा एक इसाई महिलालाई सुनाइएको मृत्युदण्ड उल्टाएको छ । यस घटनाले राष्ट्रलाई नै धुर्विकृत गरेको थियो ।

एसिया विवी नामक ति महिलाई सन् २०१० मा आफ्नो छिमेकीसंग विवाद हुँदा पैगम्वर मोहमदको अपमान गरेको अभियोग लगाइएको थियो । संधै आफुलाई नर्दिोष बताउादै आएकी उनले विगत आठ वर्षको अधिकांश समय एक्लै हिरासतमा बिताएकी थिइन् ।

धर्मको अपमान विरुद्धको कानुनको कटर समर्थक रहेका अतिवादी समुहले अदालतको उक्त आदेश विरुद्ध हिँसात्मक प्रदर्शन शुरु गरिसकेको छ । अदालतको निर्णय विरुद्ध मुल्तान , पेशावर , लाहोर र कराँचीमा प्रदर्शनकारी र प्रहरीबिच मुठभेड भएको संचार माध्यमले जनाएको छ ।

राजधानी इस्लामावाद स्थित सर्वोच्च अदालत रहेको रेड जोनलाई भने प्रहरीले कडा सुरक्षको घेरावन्दिमा राखेको छ । अदालतलाई प्रदर्शनकारीहरुको पहुँचबाट टाढा राख्न त्यहाँ थुप्रो संख्यामा अर्ध सैनिक फौजलाई पनि परिचालन गरिएको छ ।

सर्वोच्च अदालतका प्रधान न्यायधिश साकिव निसार्मले यदि एसिया विवीमाथि अन्य कुनै अभियोग नलागेको भए उनी लाहो नजिकको शेकुपुरा कारगारबाट छुट्न सक्ने निर्णय सुनाएका थिए । यो निर्णय सुनाइँदा उनी अदालतमा उपस्थित थिइनन् । तर उनले कारागारमा यो निर्णय सुनेपछि आश्चर्य व्यक्त गरेकी थिइन् । पुरा नाम एसिया नोरिन रहेका उनले सन् २००९ को जुनमा केहि छिमेकी महिलासंग विवाद गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्