श्रीलंकाली राष्ट्रपतिलाई संसद डाक्न अमेरिकाको सुझाव



वासिङटन (एजेन्सी)
श्रीलंकाका राष्ट्रपतिलाई त्यहाँको राजनितिक संकट अन्त्य गर्न अमेरिकाले सुझाव दिएको छ । अमेरिकाले राष्ट्रपति सिरिसेनालाई संसद सत्र बोलाउन र लोकतान्त्रिक तरिकाबाट चुनिएका प्रतिनिधिहरुलाई देशको सरकार चुन्ने अवसर प्रदान गर्न भनेको छ ।
गत शुक्रबार राष्ट्रपति सिरिसेनाले भारत निकट मानिएका रानिल विक्रमसिंघेलाई प्रधानमन्त्री पदबाट अकस्मात बर्खास्त गरेपछि श्रीलंकाको राजनितिक संकट गहिरिएको हो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता राबर्ट पेलाडिनोले पत्रकारहरुलाई भने– हामीले श्रीलंकाका राष्ट्रपतिलाई आफनो संसदलाई पुन बोलाउन आह्वान गर्छौं र लोकतान्त्रिक तरिकाबाट निर्वाचित प्रतिनिधिहरुलाई श्रीलंकाली कानुन तथा विधि प्रक्रिया अनुसार आफनो सरकारको नेतृत्व चयनको उत्तरदायित्व निभाउन दिन आह्वान गर्छौं ।

अमेरिकाले श्रीलंकाको घटनाक्रममा लगातार निगरानी गरिररहेको उनले बताए । सबै पक्षलाई निर्धारित प्रक्रिया पालन गर्न अपिल गरेका छन् । नेतृत्व जसको हातमा भएपनि श्रीलका सरकार मानवअधिकार, कानुनको शासन, सुधार, जवाफदेही, न्याय र वार्ता प्रतिको आफनो प्रतिबद्धतामा कायम रहने अपेक्षा गरेको अमेरिकी प्रवक्ताले बताए ।

श्रीलंकामा अनिश्चितताको पछाडी चीनको हात रहेको आरोपका विषयमा सोधिएको प्रश्नको जवाफ दिन प्रवक्ता पेलाडिनोले अश्विकार गरे ।

प्रतिक्रिया दिनुहोस्