कुकुरले सुँघेरै रोगी पत्ता लगाउने !



लन्डन,(एजेन्सी)
संयुक्त अधिराज्य र गाम्विायाका बैज्ञानिकहरुले कुकुरहरले सजिलैसंग सुँघेरै औलो रोग पत्ता लगाउन सक्ने प्रमाण पहिलो पटक आफुहरले फेला पारेका दावी गरेका छन् । तिनीहरुले औलो रोगबाट ग्रसित मानिसहरुको लुगाफाटा सुँघाएर कुकुरहरुलाई तालिम दिएका थिए ।

अब कुकुरको प्रयोगबाट औलो फैलिनबाट रोकन तथा अन्तत यस रोगलाई निर्मुल नै गर्न सकिने संभावना देखिएको बैज्ञानिकहरुले बताएका छन् । यो अनुसन्धान अझै प्रारम्भिक चरणमै रहेपनि विशेषज्ञहरुले यसबाट रोगलाई परिक्षण गर्ने नयाँ नयाँ उपायहरु समेत फेला पर्न सक्ने बताएका छन् ।
यस अध्ययनले औलाको परजिवीबाट संक्रमित भइसकेपछि मानिसको शरिरको गनध नै परिवर्तनहुने तथा यसले रोग फैलाउने लामखुटेहरुलाई अझै बढि आकर्षित गर्ने तथ्य पत्ता लागिसकेको छ । पश्चिम अफ्रिकाको गाम्वियाको अपर रिभर क्षेत्रमा बालबालिकाले लगाएका मोजाहरु प्याक गरी वेलायतमा पठाइएका छन् ।

यसरी पठाइएका १ सय ७५ जोर मोजा मध्ये ३० जो औलो परजिवीबाट संक्रमित बालबालिकाले लगाएका थिए । ति मोजा मिल्टन किनेज स्थित मेडिकल डिटेक्सन डग्स च्यारिटीमा आइपुगेका थिए । त्यहाँका प्रतिभावान कुकुरहरुलाई पहल्यै क्यान्सर र पार्किन्ससन रोगको प्रारम्भिक चरण सुँघेरै पत्ता लगाउने तालिम दिइएको थियो ।

उष्ण क्षेत्रिय औषधि तथा स्वास्थ सम्बन्धी अमेरिकी समाजको वार्षिक सम्मेलनमा पस्तुत गरिएको औलो सम्बन्धी यस अनुसनधानको परिणाममा कुकुरहरुले औलो संक्रमित वालवालिकाका १० वटा नमुना मध्ये ७ वटा मोजा पहिचान गर्न सफल भएको उल्लेख गरिएको थियो ।

साथ ैति कुकुरले दस जना स्वास्थ बालबालिका मध्ये एकजनामा औलो रोग रहेको गलत सुचना पनि दिएका थिए । प्रमुख अनुसनधानकर्ता तथा डुह्र्याम युनिभर्सिटीका प्राध्यापक स्टिभ लिन्डसेले आफु अहिले सम्मको यस उपलब्धिबाट निकै उत्साहित भएको तर अझै ति कुकुरलाई नियमित रुपमा प्रयोगमा ल्याउने स्थिती बनिनसकेको बताएका छन् । अनुसन्धानकर्ताहरुले अझै कुकुरको विभिन्न किसमका औलो पत्ता लगाउने सही क्षमता पत्ता लगाउनु बाँकी नै रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्