उपल्लो र अपर खिम्ती जलविद्युत आयोजना अन्तिम चरणमा



मधुसूदन रायमाझी
रामेछाप र दोलखा जिल्लाको सीमाना हुँदै बहने खिम्ती खोलामा निर्माणाधिन उपल्लो खिम्ती र अपर खिम्ती जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । उपल्लो खिम्ती १२ मेगावाट र अपर खिम्ती ७ मेगावाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । दुई आयोजनाबाट उत्पादन हुने १९ मेगावाट जलविद्युत आयोजनाले २०७५ चैत्रबाट व्यवसायक उत्पादन थाल्ने लक्ष्यको साथ काम अगाडि बढाएको छ । नेपाल विद्युत प्राधिरणसँग भएको सम्झौता अनुसार आगामी चैत्रमा दुवै जलविद्युत आयोजना सम्पन्न गरिसक्नु पर्नेछ ।

हिमालय उर्जा विकास कम्पनी लिमिटेडले अहिले रामेछाप र दोलाखाको सीमान बहने खिम्ती खोलामा दुई वटा लविद्युत आयोजना एक साथ निर्माण गरिरहेको छ । कम्पनीले १२ मेगावाट उपल्लो खिम्ती १२ मेगावाट जलविद्युत आयोजनाको लािग २०६८ माघ ९ मा (पिपिए) भएको थियो । यस आयोजनाबाट बार्षिक ७ करोड ३६ लाख बाह्र हजार पाँच सय उन्नइस युनिट विद्युत उत्पादन हुनेछ । २०७२ मंसिर १४ मा सम्झौता भए बमोजिम आयोजनाले २०७५ चैत्रमा सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ । १२ मेगावाट विद्युत नेपाल विद्युत प्राधिकरणले गर्जाङमा निर्माण गर्ने सव स्टेशनमा जोडिने छ । आयोजनादेखि सब स्टेसनसम्म लागि १३२ केभी प्रशारण लाइन निर्माण गर्न करिब १.७ किलोमिटर ट्रान्समिसन लाइन निर्माणको काम पनि आयोजनाले काम अगाडि बढाएको छ ।

२०६९ चैत्र ९ मा पिपिए भएको अपर खिम्ती ७ मेगावाट जलविद्युत आयोजना निर्माणको काम २०७५ चैत्रमा सम्पन्न हुनेछ । यस आयोजनाबाट निर्माण भएको विद्युत पनि गर्जाङ सव स्टेसनमा जोडिनेछ । यी दुई आयोजनाबाट उत्पादन भएको विद्युत करिब ३१ किलोमिटर खिम्ती–गर्जाङ १३२ केभी विद्युत प्रशारण लाइनमा जोडिनेछ । दुवै आयोजना निर्माण गर्नको लागि नबिल बैंक, नेपाल बैंक, नेपाल इनभेष्टमेन्ट बैंक, एभरेष्ट बैकले ऋण उपलब्ध गराएको छ ।

आयोजनाले तोकिएकै समयभित्र काम सम्पन्न गर्ने लक्ष्यको साथ काम धमाधम अगाडि बढाएको छ । आयोजना अन्तर्गत सिभिल निर्माण कार्य, हाइड्रोमेकानिकल, इलोक्ट्रोमेकानिकल, ट्रान्समिसन लाइन तथा सबस्टेसन लगायतको काम अन्तिम चरणमा पु¥याएको छ । आयोजना निर्माण गर्न ३ अर्ब १५ लाख रुपैयाँ लाग्ने कम्पनीको प्रक्षेपण छ ।

आयोजनाको प्रतिमेगावाट लागत १६ करोड ५६ लाख रुपैयाँ रहेको छ । लागत सस्तो भएकाले वित्तीय रुपमा दुबै आयोजना आकर्षक रहेका छन् । आयोजनाबाट वार्षिक ११ करोड ५९ लाख रुपैयाँ बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनामा २५ प्रतिशत स्वपुँजी (इक्विटी) र ७५ प्रतिशत कर्जा लगानी छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि ९ करोड ९० लाखको स्थानीय शेयर निष्कास गरेको छ । कार्तिक ६ गतेबाट सुरु भएको स्थानीय शेयरमा स्थानीयले न्युनतम ५० देखि अधिकतम् ४ हजार ९०० कित्तासम्म आवेदन दिन सकिने छ । जलविद्युत आयोजनाबाट प्रभावित रामेछाप र दोलखा जिल्लाका स्थानीयबासिन्दालाई आईपीओ निष्कासन गरिएको हो ।

रामेछापको गोकुलगंगा गाउँपालिका २, ३, ४ र ५ (साविकको ठोसे, रस्नालु, बेताली र नामाडी गाविस) जिरी नगरपालिकाको साविक माली गाविस, तामाकोसी गाउँपालिकाको वडा नम्बर ५ र ६ साविक सहरे र च्यामा गाविस तथा मन्थली नगरुपालिकाको साविक फुलासी गाविसको लागि ५ लाख ९४ हजार कित्ता आयोजना प्रभािवत क्षेत्रका बासिन्दाहरुलाई शेयर निष्कासन गरिएको छ । कार्तिक २० गतेसम्म शेयर हाल्न सक्ने छन् । ढिलोमा मंसिर ५ गतेसम्म स्थानीय प्रभावित क्षेत्रका बासिन्दाले शेयर हाल्न पाउने व्यवस्था आयोजनाले गरेको छ । कम्पनीले स्थानीय प्रभावित क्षेत्रको लागि दस प्रतिशत शेयर निष्कासन गरेको छ ।

दुवै आयोजनाहरुको सञ्चालनस्थान रामेछाप जिल्लाको गोकुगलंगा गाउँपालिका–१ चुचुरे र दोलखा जिल्लाको जिरी नगरपालिका वडा नम्बर १ र २ मा रहनेछ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले काठमाडौंबाट पनि प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर हाल्न पाउने व्यवस्था गरेको छ ।

‘तोकिएकै समयभित्र निर्माण सम्पन्न हुन्छ’


प्रकाश दुलाल
प्रबन्धक, हिमालय उर्जा विकास कम्पनी लिमिटेड
हामीले २०७२ साल चैत्रबाट दुई वटा जलविद्युत आयोजना निर्माण कार्य अगाडि बढाएको हो । १२ मेगावाटको उपल्लो खिम्ती जलविद्युत आयोजानको सिभिलको काम सम्पन्न भइसकेको छ । पाइप र हेटवक्र्स काम पनि सम्पन्न भइसकेको छ । इलेक्ट्रोमेकालिकन इकुमेन्ट आउने काम भइरहेको छ ।

सात मेगावाटको अपर खिम्ती जलविद्युत जलविद्युतको पावर हाउसको काम सम्पन्न भएको छ । पाइपलाइनको काम केही बाँकी छ । आयोजना निर्माण सुरु गर्नु अघि नै स्थानीयलाई प्राथमिकता दिएर शेयर प्रदान गर्ने नीति अगाडि सारेका थियौ । सोही बमोजिम अहिले स्थानीय प्रभावित बासिन्दाहरुको लागि दस प्रतिशत शेयर दिने काम भइरहेको छ । प्रमोटर शेयरमा पनि प्रभावित क्षेत्रका स्थानीयलाई प्रदान गरेका छौं । १४ सय २० जना शेयर होल्डर मध्ये रामेछाप र दोलखा जिल्लाको मात्र चार सय शेयर होल्डर प्रमोटरको रुपमा हुनुहुहन्छ ।

हामीले ९ करोड ९० लाख शेयर कार्तिक ६ गतेबाट स्थानीय प्रभावित बासिन्दाहरुको लागि खुल्ला गरेका छौं । स्थानीय प्रभावित बासिन्दाहरु शेयर हाल्ने क्रम सुरु भएको छ । पाँच ठाउँबाट स्थानीय प्रभावित बासिन्दाहरुले शेयर हाल्न सक्नुहुनेछ । जिरीको सेन्चुरी र प्राइम कर्मर्सियल बैंक, किर्णेटारको एनएमबी बैंक, रस्नालुमा सिद्धार्थ बैंक र हाम्रो साइट अपिस रहेको चुचुरेबाट नविल इभेष्टमेन्टको आफै काउन्टर मार्फत शेयर हाल्न सक्ने छन् ।

यस आयोजना मार्फत स्थानीय रोजगारी पाउनु भएको छ । यसको साथै स्थानीय प्रभावित क्षेत्रका बासिन्दाले दस प्रतिशत शेयर हाल्न पाउने व्यवस्था पनि राम्रो कुरा हो । आयोजनाले गर्दा विकास निर्माणको काम पनि भएको छ । मंसिर ५ गतेसम्म स्थानीय प्रभावित शेयर हाल्ने काम सम्पन्न भएपछि सर्वसाधारणको लागि करिब १५ करोडको शेयर जारी गर्नको लागि प्रक्रिया अगाडि बढाउछौ ।

स्थानीयको साथ सहयोग राम्रो भएको कारण कुनै पनि बाधा अवरोध बिना नै काम अगाडि बढाउदा लक्ष्य अनुसारको काम काम भइरहेको छ । आयोजना निर्माणको लागि बजेटको अभाव छैन । कम्पनीले निर्माणको लागि सम्झौता गरेका कामहरु लक्ष्य अनुसार नै अगाडि बढेको छ । जलविद्युत आयोजनको असी प्रतिशत काम सम्पन्न भएको छ । हामी तोकिएकै समयभित्र जलविद्युत आयोजनाको काम सम्पन्न गछौं ।

प्रतिक्रिया दिनुहोस्