अन्नपुर्ण पदमार्गमा सबैभन्दा अग्लो र लामो पुल



दुर्गाप्रसाद शर्मा, घान्द्रुक, पर्वत
बिश्वकै १० उत्कृष्ट पदमार्गमा पर्ने अन्नपुर्ण पदमार्गमा कास्की जिल्लाकै सबैभन्दा अग्लो र लामो झोलुङ्गे पुल निर्माण गरिएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुक झिनुमा साम्रोङखोला माथि २ सय ८५ मिटर लामो तथा १ सय ३५ मिटर उचाईको झोलुङ्गे पुल निर्माण गरिएको हो ।

हङ्गकङ्गका ब्यबसायी कादुरी परिवारको ३ करोड ३५ लाख आर्थिक र प्राबिधीक सहयोगमा स्थानिबासीले जनश्रमदान सहित पुल निर्माण गरेका हुन । पुल निर्माणबाट अन्नपुर्ण आधारशिबीरमा जाने पर्यटक देखि अन्नपुर्ण गाउँपालिकाका ४ वटा वडाका बासिन्दाहरु प्रत्यक्ष लाभान्वित भएका छन ।

साम्रोङ्ग खोलामा रहेको पुरानो पुलबाट यात्रा गर्दा जोखिमपुर्ण भएपछि नयाँ पुल निर्माण गरिएको अन्नपुर्ण गाउँपालिका वडा नं ११ का अध्यक्ष तथा पुल निर्माण समितिका अध्यक्ष हिमबहादुर गुरुङ्गले बताउनुभयो ।

पुल निर्माण हुनुभन्दा पहिला झिनुबाट खोला पार गर्दा गहिरो गल्छी, निरन्तर ढुंगा झरिरहने पहिरो पार गर्नुपर्ने अवस्था थियो भने बर्षा याममा गहिरो र अध्याँरो खोँच पार गर्दा यात्रुहरुले धेरै जोखिम उठाउनुपर्ने अवस्था थियो ।

‘पुल बनेपछि बर्षौ देखिको समस्या हटेर गएको छ’ अध्यक्ष गुरुङ्गले भन्नुभयो ‘यसले पदयात्रा गर्ने पर्यटकहरु सबैभन्दा बढी सुरक्षित र लाभान्वित भएका छन’ पुल निर्माण भएसँगै करिव १ घण्टाको बाटो छोटिएको छ ।

जसबाट घान्द्रुकका झिनु, छोम्रोङ, साम्रोङ, ताउलु गाउँवासी लगायत दैनिक अन्नपूर्ण आधार शिविर जाने आउने सयौं पर्यटकहरु लाभान्वित हुने छन् । अन्नुर्ण आधारशिबीरमा यो मार्ग हुँदै गत बर्ष ३५ हजार बिदेशी पर्यटक पुगेका थिए भने त्यति नै संख्यामा नेपाली पर्यटक पनि पुगेको अन्नपुर्ण क्षेत्र संरक्षण आयोजनाको तथ्याँक छ ।

पुल निर्माणका लागि अन्नपुर्ण सेन्चुरी पर्यटन ब्यबसायी समितिा तर्फबाट १ सय ३० घर धुरीले प्रत्यक्ष आर्थिक र जनश्रमदान खर्च गरेको निर्माण समितिका सचिब देबीप्रसाद शर्मा आर्चाले बताउनुभयो । उहाँका अनुसार १२ लाख नगद, दुई बर्ष सम्म खच्चडबाट हुने ढुवानी लगायतका काम पनि स्थानिय पर्यटन समितिले गरेको छ भने जग्गादाताले निशुल्क जग्गादान गरेका छन ।

कादुरीका प्राविधिक निर्देशक इन्जिनियर नारायण गुरुङले पुलको क्षमता एक सय २८ टनसम्म रहेको जानकारी दिनुभयो । पुलको निर्माणस्थल जोखिमपुर्ण रहेको र लठ्ठा ढुवानी देखि धेरै कामहरु कठिन भएपछि पदयात्री र बिकट गाउँका बासिन्दाका लागि कादुरी परिवारले पुल निर्माण गर्न सहयोग गरेको उहाँको भनाई छ ।

कादुरी परिवारले नेपालमा बाषिक रुपमा झण्डै एक अर्ब बराबरको सहयोग गर्दै आएको छ । उक्त सहयोग दुर्गम गाउँहरुमा झोलुे पुल, खानेपानी, बिद्यालय भवन, लघु जलबिद्युत, पदमार्ग लगायतका संरचना निर्माणमा खर्च हुने गरेको छ । हङकङ निवासी ब्यबसायी कादुरी परिवारको बार्षिक मुनाफाबाट सामाजिक उत्तरदायित्व अन्र्तगत ५० बर्ष देखि सहयोग गर्दै आएको छ । कादुरी परिवारले लम्ले र पाख्रिबास कृषि केन्द्र समेत निर्माण गरेको थियो ।

यसैबिच साम्रोखोला झोलुङ्गे पुलको कादुरी परिवारका प्रमुख सर माईकल कादुरी र उहाँकी धर्मपत्नीले एक कार्यक्रमका बिच पुलको उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै सर माइकल कादुरीले पुल निर्माणसँगै पुलको प्रयोग गरी स्थानीयको जीवनस्तर उकासिनुपर्ने भन्दै पुलको भरपुर फाइदा लिन आग्रह गर्नुभयो । उहाँले पुल निर्माणमा सहयोग गर्ने सबैप्रति आभार पनि प्रकट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्