निगमको बोइङ बेच्न कन्सल्ट्यान्ट कम्पनीले प्रतिवेदन बुझायो



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल वायुसेवा निगमले बोइङ ७५७ एसीबी विमान बिक्रीको लागि कन्सल्ट्यान्ट कम्पनीले प्रतिवेदन बुझाएको छ । ‘कर्णाली’ नाम दिइएको सो विमानको बिक्रीको लागि फिन्टेक ग्लोबललाई कन्सल्ट्यान्ट छनोट गरिएको थियो ।

निगममा तीन कम्पनीको प्रस्ताव परेकोमा स्वीस कम्पनी फिन्टेक ग्लोबल छनोटमा परेको थियो । विमानको मर्मत सम्भार गर्नको लागि धेरै रकम खर्च गर्नु परेको तथा विमान पुरानो हुँदै गएकाले विमानको सञ्चालन, इन्धन खर्च बढिरहेको पाइएपछि निगमले कर्णाली विमान बेच्ने निर्णय गरेको थियो ।
सन् १९८० मा अमेरिकन बोइङ कम्पनीसँग ऋणमा विमान खरिद गरिएको थियो ।

निगमले फिन्टेक ग्लोबल कम्पनीलाई विमानको मँल्यांकन गरी कतिमा बिक्री गर्न उपयुक्त रहेको प्रतिवेदन बुझाउनको लागि छनोट गरेरको थियो ।करिब ४५ दिनको समय सिमा दिएर निगमले सो कम्पनीलाई विमानको बिक्रीको लागि दर रेट तोक्नको लागि निगमले जिम्मेवारी दिएको थियो ।

निगमसँग रहेको बोइङ ९ एन एसिए बोइङ ७५७ समेत बिक्री गरिसकेकाले निगमसँग हाल एउटा विमान मात्रै रहेको छ । हाल निगमले वाईड वडी विमान ए ३३० दुई थान सञ्चालनको गरिरहेको छ । बोइङ विमान र वाइड वडीको सञ्चालन व्यवस्थापन गर्नको लागि निगमलाई खर्चिलो बन्दै गएपछि निगमले बोइङलाई विस्तापित गर्ने तयारी स्वरुप मँल्यांकन गर्नको लागि कम्पनी छनोट गरेको हो ।

निगमको विमान मँल्याङकनको लागि फ्लाइट ग्लोबल, अन्तर्राष्ट्रिय ग्रुप कम्पनी र फिन्टेक ग्लोबल कम्पनीले कम रकममा विमानको मँल्याङकन प्रस्ताव गरेकाले बोलपत्र आह्वान गरी फिन्टेकलाई छनोट गरिएको निगमको भनाइ छ ।

स्टार सर्टिफिकेट सटिफाइट कन्सल्टिङ कम्पनी भएकाले निगमले छनोट गरेको जनाएको छ भने कम्पनीले विमानको पार्टपँर्जा र त्यसका यन्त्र उपकरणको समेत मँल्यांकन गरी दर रेट तयार गरी प्रतिवेदन पेश गरेको हो ।

यसरी निगमलाई प्राप्त कम्पनीको सुझावको आधारमा निगमले समेत कम्पनीले तय गरेको दर रेटमा चित्त बुझदो मुल्याङकन भएमा मात्र निगमले दरको दायरा राखेर सञ्चालक समितिमा लिलामको लागि प्रस्ताव राख्ने निगमको भनाइ छ ।

विमानमा १ सय ९० सिट रहेको १६ विजनेस क्लासका सिट रहेका छन् । निगमसँग हाल ५ विमानले अन्तर्राष्ट्रिय उडानमा गरिरहेका छन् । मँल्यांकनको दर रेट कति तय गरेर प्रतिवेदन बुझाइएको छ भन्ने विषयमा भने निगमले कुनै जानकारी गराएको छैन । केही दिनमानै यसबारे निगमले निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्