‘अहिले नै निर्वाचन गर्ने हो भने नेकपाको औकात देखिन्छ’



सन्तबहादुर प्रजा चेपाङ नेपाली कांग्रेसको तर्फबाट प्रदेश नम्बर ३ का समानुपातिक सांसद हुनुहुन्छ । आदिवासी÷जनजाति सीमान्तकृत समुदायबाट प्रतिनिधित्व गर्नुभएका उहाँले सरकारले आफ्नो वर्ग र समुदायलाई बेबास्ता गरेको आरोप लगाउनुभयो ।

संघ र २ नम्बर प्रदेशबाहेक अरु ६ प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकार बनेपछि जनताको मन छुने काम नगरेकाले दिनैपिच्छे कमजोर बन्दै गएको उहाँको भनाइ छ । २०४९ सालबाट कांग्रेसको राजनीतिमा सशक्त ढंगले लाग्नुभएका प्रजाले विभिन्न निर्वाचनमा माओवादीबाट धेरै दुःख पाएको बताउनुभयो ।

कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका उहाँ अहिले नै निर्वाचन गर्ने हो भने नेकपाको औकात देखिन्छ र ऊ अत्यन्तै कमजोर बन्छ भन्ने तर्क गर्नुहुन्छ । उहाँसँग गरिएको समसामयिक कुराकानी–

३ नम्बर प्रदेश अहिले के गर्दै छ ?
दशैंअघि सथगित भएको प्रदेशसभाको बैठक अर्को मिति घोषणा नहुन्जेलसम्मको लागि स्थगित गरिएको छ । नेपाली कांग्रेस प्रमुख प्रतिपक्षीको भँमिकामा भएकाले सरकारका गतिविधि हेरेर स्वच्छ ढंगले गुण र दोषको चर्चा र समीक्षा गरेर बसेको छ । मुख्य कुरा के छ भने प्रदेशको राजधानीको विषय टुंगिएको छैन । यस विषयमा प्रतिबेदन दिन भनेर बनाएको कमिटीले प्रतिबेदन बुझाइसकेको छ अबको बैठकमा यसबारे छलफल हुन्छ ।

कमिटीले हेटौंडा हुँदैन भनेर प्रतिबेदन बुझायो भने के हुन्छ ?
त्यस्तो प्रतिवेदन होला भन्ने लाग्दैन किनकि हरेक ढंगले ३ नम्बर प्रदेशको राजधानी हेटौंडा नै हो । सबै संरचनाहरु भएकाले पनि प्रशासनिक कामकाज गर्न सजिलो हुन्छ । हचुवाको भरमा अन्यत्र सार्ने निर्णय भयो भने संरचना बनाउन पनि वर्षांैसम्म लाग्न सक्छ । नेपाली कांग्रेसको अडान हेटौंडा नै हो । नेकपाका साथीहरु पनि यसमा सहमत हुनुहुन्छ । यदि २ तिहाइ छ भनेर नेकपाले गलत निर्णय गर्न खोज्यो भने उहाँहरुको पार्टीमा पनि विवाद हुन्छ ।

नुवाकोट, सिन्धुली र रसुवाका सांसदहरुले हामीलाई आइजाइ गर्न गाह्रो भयो भन्नुभएको छ तर जताततै सहज बाटा बनिरहेकाले त्यस्तो समस्या हुँदैन । कान्ति लोकपथ ९९ किमिको छ यहाँबाट यात्रा गर्दा कसैको पनि गुनासो रहँदैन र समयमा नै आउन जान सकिन्छ । अर्को कुरा नेपाली कांग्रेसको सरकारको पालामा या राजधानीको टुंगो लगाएकाले पनि हामी आफ्नो अडानमा छौं ।

नेपाली कांग्रेसको भँमिकाचाहिँ के छ ?
हामीले सरकार र नेकपालाई असहज हुने कुनै काम गरेका छैनौं र कहिल्यै गर्दैनौं पनि तर यसको अर्थ यो होइन कि सरकारले जे गरेपनि कांग्रेस चुपचाप लागेर बस्छ । ‘हेर र पर्ख’ को नीति हो अहिले । ९९ वटा कानुन बनाउनुपर्ने छ तर भर्खरमात्र सुरुवात भएको छ, छिटो गर्न सरकारलाई सुझाव दिएका छौं । बहुमतको नाममा पेल्न खोजियो भने सहने कुरा आउँदैन ।

जस्तोसुकै असहज अवस्थामा पनि कांग्रेसले देशलाई बचाएको छ । हिजो राणा र शाहा शासन फालेको कांग्रेसले जहाँ बसेर पनि आफ्नो भँमिका निभाउन जानेको छ । प्राविधिक रुपमा यो निर्वाचनमा मत कम पायौं विपक्षमा बसेका छौं जनताको काम गर्छौं भोलि फेरि ठँलो पार्टी हुन्छौं । २–४ वर्ष बाहिर बस्न कांग्रेसलाई अप्ठेरो छैन ।

कांग्रेस जनताकै पार्टी हो र सधैं रहिरहन्छ । कसैले पनि अलिकति बढी मत आउँदैमा आफुलाई उग्र बनाउन खोज्छ भने अवश्य पतन सम्भव छ । सरकारको पक्षमा कोही पनि जनता छैन भने फरक पर्दैन , सत्तापक्षबाट नै सरकारको आलोचना भएकाले हामीले धेरै बोलिरहनुपरेको छैन ।

संघीय सरकारले गरेका गतिविधि कस्तो लागिरहेको छ ?
प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना कार्यकर्तालाई गफमात्र गर्न सिकाइरहनुभएको छ । काम गरेर जनताको मन जित्ने सोच पलाएन । भाषणका वर्षाले जनताको भोटो पेट र असीमित चाहनाको सम्बोधन हुन सक्दैन ।

सरकारले नीति तथा कार्यक्रमलाई कार्यकर्ता भर्ती गर्ने साधन बनाएको छ, दँरदराजका जनताले सरकार भएको अनुभँति गर्न पाएका छैनन् । कांग्रेस कहिल्यै पनि आफँलाई माग्दैन तर जनताका मुद्दालाई छोड्दैन ।

सधैं सरकारमा बसिरहेको पार्टीलाई आजभोलि विपक्षमा बस्दा अलिकति अप्ठेरो भएको होला नि ?
त्यो आरोप लाग्ने गरेको छ तर वास्तविक त्यस्तो होइन । सरकार हुनु नहुनु त स्वाभाविक हो यही नै हो निर्बाचनको सुन्दर पक्ष । जनताले मत दिए उनीहरुले सरकार बनाए, जति दिन नेकपाले सरकारल चलाउँछ उनीहरु त्यति नै कमजोर बन्छन् ।

कांग्रेसको ग्राउन्ड राम्रो छ, यसैमा खेल्छौं, हुर्कन्छौं र बढ्छौं पनि । नेकपाले जनतालाई जसरी झुक्यायो अहिले जनताले खोई त त्यो ? भनेर प्रश्न गरिरहेका छन् । वृद्धवृद्धालाई दिने भनेको ५ हजारको कुरा नजान्ने र नबुझन्े कोही पनि छैन । वृद्धवृद्धाको सरापले सरकारलाई कुनै दिन नराम्ररी सताउँछ ।

तपाईंले आफ्नो समुदाय र वर्गको लागि अहिलेसम्म के गर्नुभयो ?
मैले केही गर्छु भन्ने सोच बनाएको छु । हामीमाथि चरम विभेद र अन्याय भएको छ । सरकारले यो क्षेत्रलाई हेर्ने र विकासको मँलधारमा ल्याउन अनेकन योजना सञ्चालन गर्ने भनेपनि त्यो कागजमा र नियम कानुनमा मात्र सीमित छ ।

मुख्य कुरा चेपाङहरु बाठा भए भने हाम्रो हालीमुहाली हुँदैन भनेर कसैले सोचेको छ भने त्यो सपनामात्र हुने छ । मैले जुन जिम्मेवारी पाएको छु त्यसमा तलमाथि हुन दिने छैन यो मेरो प्रण हो ।

प्रतिक्रिया दिनुहोस्