टोकियोमा सामुहिक म्हः पूजा तथा शुभकामना आदनप्रदान कार्यक्रम हुने



राजबिन थापा, टोकियो ।
नेवाः अन्तर्राष्ट्रिय फोरम जापानले हरेक वर्ष झैं यस वर्ष पनि म्हः पूजा तथा नेपाल सम्बत शुभकामना आदन प्रधान कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपाल एक बहु– भाषिक, बहु–जाति, बहु– संस्कृतिले सम्पन्न देश हो । त्यस मध्य विभिन्न संकृतिले धनि नेवार समुदयाको स्वन्ती (तिहार) अथवा म्हः पूजा एक ठूलो पर्व हो । म्हः पूजा अर्थात आफ्नो जिऊ शुद्द गर्ने , रोग व्याद आदी नलागोस् भन्ने हेतुले आफु लगाएत घरका सबै परिवारको शरिरको पुजा गर्ने गरिन्छ ।

जापान टोकियोमा पनि नेवारहरूको पुरानो संस्था नेवाः अन्तर्राष्ट्रिय फोरम जापानले आफ्नो स्थापना काल २००३ साल देखि हरेक वर्ष म्हः पूजा आयोजना गर्दै आएको छ र त्यसैको निरन्तरतास्वरूप यस वर्ष पनि गर्दै छ ।

आफ्नो परम्परालाई विदेशमा पनि जीवत राख्ने , जापानी लगायत अन्य समुदयाको व्यक्तिहरूलाई आफ्नो परम्परा परिचय गराउने साथै आफ्ना सन्ततीहरूलाई आफ्नो मातृ संकृति चिनाउदै लग्ने यस कार्यक्रमको प्रमुख उदेश्य रहेको फोरमका महासचिव शिव तण्डुकारले बताउनुभयो ।

नेपाली लगायत अन्य बिदेशीहरूको बाक्लो वसोवास भएको कोतोकु कु स्थित कितासुना दान्चीको हलमा नोभेम्वर १० तारिकको दिन म्हस् पूजा आयोजना हुँदैछ र सहभागीताको लागि जापानवासी नेपालीलाई आह्वान पनि गरिएको छ ।

सामुहिक म्हः पूजा हुने भएकोले सहभागी प्रत्यकलाई मण्डप तयार गरिनेछ र त्यसको लागि ४ नोभेम्वरसम्म संस्थाको पदाधिकारीलाई सम्पर्क गरी अग्रिम बुक गर्नुपर्नेछ । मण्डप बुकिङको लागि अग्रिम सम्पर्क गर्नहुन अनुरोध सहित अग्रिम बुकिङ नगरी सिधै कार्यक्रममा आउदा मण्डप उपलब्ध गराउन नसक्ने हुनसक्ने संस्थाको अध्यक्ष दीपरत्न शाक्यले जानकारी दिन अनुरोध गरेको छ ।

त्यसै दिन नेवारहरूको नयाँ वर्ष नेपाल सम्बत पनि सुरू हुने भएकोले नयाँ वर्षमा सुख, स्वास्थ र शान्तिको कामना गरी एकआपसमा शुभकामना आदन प्रदान गरिने कार्यक्रम पनि हुने जनाएको छ । नेवारी परिकार खादै, पिउदै ,नाँचगान गरी हर्षोल्लासका साथ मनाइने भएको छ ्र

प्रतिक्रिया दिनुहोस्