अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो ज्याकपट घोषित



वासिङटन,(एजेन्सी)
अमेरिकाको साउथ क्यारोलिना निवासी एक जना भाग्यशाली व्यक्तिले अमेरिकाको लोटरीको इतिहासमै सबैभन्दा ठूलो ज्याकपट जितेका छन्। मेगा मिलियन्सले एक जना व्यक्तिले १ अर्ब ६० करोड अमेरिकी डलरबराबरको उक्त ज्याकपट जितेको पुष्टि गरिसकेको छ।

ज्याकपट जित्ने नम्बर २८, ७०, ५, ६२ र ६५ तथा मेगाबल ५ रहेको बताएको छ। ३० करोडभन्दा बढी व्यक्तिमध्येबाट यो भाग्यशाली विजेता छानिएको हो। यस ठूलो धनराशि पुरस्कार जित्नका लागि अमेरिकाभरिकै सर्भिस स्टेसन र स्टोरबाहिर मानिसको लट्री किन्न लामो लाइन लागेको थियो।

अमेरिकाका ४४ वटा राज्यलगायत, डिस्ट्रिक्ट अफ कोलमिवयार यूएस भर्जिन आइलन्डमा मेगा मिलियन्स ड्रका लागि लट्री बिक्री हुने गरेको छ। गत जुलाईदेखि कोही पनि शीर्ष पुरस्कार विजेता रहेको थिएन।
मेगा मिलियन्स गु्रुपका प्रमु निदेशक गोर्डोन मेडेनिकाले भनेका छन– ‘तपाईंहरूले निकै उत्सुकताका साथ पर्खिराख्नुभएको समय अन्ततः आइपुगेको छ। अब हाम्रो व्यग्रताको अन्त्य भएको छ। यो वास्तवमा एउटा ऐतिहासिक घटना हो। भाग्यशाली विजेताको घोषित भएकोमा हामी अत्यन्तै खुसी छौं।

हामीलाई थाहा छ, अहिले साउथ क्यारोलिना एजुकेसन लट्री ती भाग्यमानी विजेतालाई टिकटसहित भेट्न आतुर छ।’

ती अझै नाम नखुलाइएका व्यक्तिले कर काटेर एकै पटक ९१ करोड ३० लाख डलर वा आगामी २९ वर्षसम्म किस्ताबन्दीमा भुक्तानी लिन सक्ने बताइएको छ। यो टिकट किन्ने सबैले लट्री जितिहालियो भने त्यो पैसा के गर्ने भन्ने सोचेर बसेका थिए।

केहीले एउटा टापुनै वा दामी कार किन्ने र अन्यले पसल खोल्ने र रोजगार सिर्जना गर्नेजस्ता सपना बुनेर बसेका थिए। लट्री कम्पनीले मंगलबार खुलेको लट्रीमा ३६ जनाले दोस्रो पुरस्कार तथा ४ सय १९ जनाले जनही १० हजार डलरबराबरको तेस्रो पुरस्कार जितेको पनि जनाएको छ। सन् २००२ मा स्थापना भएको मेगा मिलियन्सले जित्ने सम्भावना कम गर्दै ठूलो ज्याकपट बनाउनका लागि थुप्रै नियम परिवर्तन गर्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस्