चीनमा बन्यो विश्वकै लामो समुद्रपार पुल



काठमाडौं ।
चीनले समुद्रमा विश्वकै लामो पुल निर्माण गरेको छ । । हङकङ, झुहाई–मकाउ नामक यस पुलको लम्बाइ ५५ किलोमिटर छ । चिनियाँ राष्ट«पति शी जिनपिङले मंगलबार उद्घाटन गर्दै पुललाई बुधबारबाट सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

बुधबार उद्घाटन भएपछि सर्वसाधारणका लागि पुलबाट यात्रा गर्न खुला गरिने छ। हङकङका बस व्यवसायीहरूले यो पुल हुँदै हङकङ–मकाउ–चुहाईका लागि दैनिक ४०० ट्रीप सम्म सेवा दिन सकिने बताएका छन्। साथै १७५ हङकङ डलर पुल शुल्क तिरेपछि नीजि सवारी साधनबाट यात्रा गर्न सकिने छ।

हङकङको यातायात विभागले सन् २०३० सम्ममा प्रतिदिन २९००० सवारी साधन यो पुलबाट गुड्ने बताएको छ।
पुल बन्नु भन्दा अगाडी हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट झुझाई पुग्न करिब चार घण्टा यात्रा गर्नुपर्ने थियो, तर अब यो पुलले चार घण्टाको दुरीलाई केबल ४५ मिनेटमा छोट्टाइदिएको छ । यस पुलबाट हरेक दिन करिब ४० हजार गाडी आवत–जावत गर्ने अनुमान गरिएको छ ।

पुल निर्माण गर्न १२० अर्ब युआन खर्च भएको बताइएको छ । यस परियोजनाको कन्सेप्ट सन् २००३ मा आएको थियो, तर सन् २००९ मा निर्माण शुरु गरिएको थियो । यसबाट चीनको आर्थिक विकासमा पनि मद्दत पुग्ने अनुमान लगाउन सकिन्छ ।

चीनको सरकारी अखबार साउथ चाइना मोर्निङ पोस्टका अनुसार यस पुलमा चार लाख टनभन्दा बढी उच्च गुणस्तरको स्टिल प्रयोग गरिएको छ । यसले ८ रेक्टर स्केलको भूकम्पलाई थेग्न सक्छ । इन्जिनियरहरुका अनुसार यो पुलको आयु १२० वर्षभन्दा बढी छ ।

पुल निर्माणको क्रममा यसको एउटा हिस्सा हङकङको व्यस्त एयरपोर्ट भएको मार्गसँग पनि जोडिएको थियो । यसैलाई ध्यानमा राखेर इन्जिनियर र कामदारहरुले पुलको करिब ६ दशमलव ७ किलोमिटर लामो हिस्सामा ३०४० मिटरभित्र गहिराइमा रहेर पिलर हाल्लने काम गरेको बताइएको छ ।

हङकङ र मकाउ चीनका दुई अलग स्वायत्त क्षेत्र हुन् । चीनले यस पुलमार्फत् हङकङ र मकाउमा आफ्नो नियन्त्रणको राजनीतिक सन्देश दिएको आलोचकहरुले बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्