उहिलेको पोखरा फोटो प्रदर्शनीमा



विजय नेपाली, पोखरा ।
पर्यटकिय नगरी पोखरा साच्चै कति पुरानो हो रु पोखरामा बस्ती विकास कसरी भयो र पोखरा पहिले कस्तो थियोरु भन्ने वारे धेरै मानिसलाइ थाहा नहुन सक्छ । पोखराको सौन्दर्यमात्र होइन अब भने पहिलेको पोखरा समेत हेर्न पाइने भएको छ । आज भन्दा करिब आधा दशक पहेलेको पोखरालाइ तस्विरमा देख्न सकिन्छ ।

पोखरा भैरवटोल स्थित उहिलेको पोखरा ग्यालरिमा आज भन्दा लगभग ६०(६५ वर्ष पुराना पोखराका तस्विर हेर्न सकिने छ । पोखराको इतिहासलाइ जोगाइ राख्न र पोखराको इतिहसको बारेमा सबैलाइ जानकारी दिने उदेश्यका साथ ूउहिलेको पोखराू आर्ट ग्यालरिको स्थापना गरिएको हो । उक्त ग्यालरिमा पोखराको पहिलो व्यवसायिक फोटोग्राफर स्व।जगन्नाथ उलकले वि।स २०१० साल देखि २०२३ साल सम्म खिचेका पोखरा एवम विभिन्न जिल्लाका ऎतिहासिक फोटोहरु प्रदर्शनीमा राखिएको छ ।

उहिलेको पोखराू ऎतिहासिक फोटो प्रदर्शन भित्र ०२३ साल भन्दा अघिका विधालयहरु, यातायात,सस्कृती, महिलाको जिवनी, बाल्यकालका अवस्था, पोखराका बजारहरु, प्रसिद्ध स्थल फेवाताल, महेन्द्रपुल, एयरपोर्ट लगायत लुम्बिनी, वाग्लुङ्ग, वुटवल, मुस्ताङको मार्फा, जोमसोम, मुक्तिनाथ लगायतको प्रसिद्ध धार्मिक तथा पर्यटकिय क्षेत्रको समेत फोटोहरुले भरिपुर्ण रहेको छ । त्यस ग्यालरिमा जादा मानिसले सोचेको भन्दा फरक पोखरा हुन सक्छन । त्यति मात्र नभएर हवाइ फोटो, जापानी अनुसन्धानकर्ताहरुले खिचेका मनमोहक फोटो, अमेरिकन पिस कोर हरुले लिएका विभिन्न तस्वीरहरु समेत राखिएको छ ।

हजारौ फोटोहरु जलाइयो,फोटोको नेगेटिभ र पोजेटिभ थियो पहिले सोचेनौ चिन्ने जतिको राखियो अरु जलाइयो,अझै पनि थुप्रै फोटोहरु छन, प्रदर्शनिमा त केही मात्र राखेका छौू स्व जगन्नाथका जेठा छोरा नवीन उलकले बताए । मानिसले कल्पना गरेको पोखरा र वास्तविक पोखरा निकै फरक रहेको उनको भनाइ थियो । ६३ वर्षिय उलक आफ्नो बाल्यकाल सम्झदै भन्छन ू म १२(१३ वर्षको हुदाको कुरा हो, गाढा चल्थ्यो गाढामा झुन्डिएर एयरपोर्ट पुगेको थिए गाढा बिग्रीयो, हिडेर आउन पर्‍यो आउदा बाटो नचिनेर घण्टौ हिड्न परेको थियो ।

व्यापारिक हिसाबले जगन्नाथ पोखराको पहिलो फोटोग्राफर रहेको उनले बताए । जगन्नाथ काठमाडौंबाट परिवार सहित हिडेर १४ दिनमा पोखरा आएका थिए । परिवार सहित आएका उनले पोखरामा पढाउने काम गर्दा गर्दै फोटो स्टुडियो खोलेको उनको भनाइ छ। ूबुबाले २०१० साल देखि २३ साल सम्म फोटो स्टुडियो संचालन गर्नु भएको थियो, मेरो जन्म भएपछी मेरै नाम बाट स्टुडियोको नाम राख्नु भएको थियो, बुबाले खेच्नु भएको फोटोको महत्व थाहा भएन त्यतिबेला नजलाएको भए आज आम सर्वसाधारणले विगतको पोखरा देख्न पाउने थिएू उनले भने । काठमाडौंबाट मास्टरको रुपमा पोखरा आएका स्व।जगन्नाथले वि.स २०१० साल देखिनै व्यवसायिक फोटोग्राफीको शुरूवात गरेका थिए । उनी पोखराका पहिलो फोटोग्राफर तथा फोटोसामग्री निर्माता पनि हुन ।

 

उनले खिचेका सयौ फोटो मध्य केही फोटोमात्र त्यहा राखिएको छ । त्यस्तै २०१८ तिर अमेरिकी पिस कोर भोलेन्टियरहरुले नेपालको सामाजिक तथा शैक्षिक सहयोगको लागि आउदा खिचेका तस्विरहरु समेत राखिएको छ भने २०१५ सालमा नेपाल भ्रमणमा आएका जापानी टोलिले खिचेका ३ हजार ६ सय तस्वीर बाट केही तस्वीर राखिएको छ जुन तस्विर जापानको मानव बिज्ञान संग्राहलयमा समेत रहेका छन । पछिल्लो समय पोखराको विकास हुँदै जादा प्राकृतिक संरचनाको भने विकास हुँदै गएको छ, प्राचीन पोखरा साच्चिकै स्वर्ग जस्तै देखिन जगन्नाथका माइला छोरा उत्तम उलकले बताए ।

 

उत्तम भन्छन यो जिवित इतिहास हो, पुस्तकमा लेखिएको इतिहास भन्दा पनि फोटो इतिहास बढी महत्वपूर्ण छ, फोटो इतिहासलाइ कसैले पनि पल्टाउन सक्दैननू १० वर्ष अघिदेखि नै खोल्ने सोच बनाएका उनले सहयोगी र आफ्नो दाजुभाइको सहयोगमा अहिले आफ्नो सपना पूरा गरेका छन । पोखराको ईतिहास चिनाउदै मानव विकासक्रममा आएको परिवर्तन समेत देखिने उनले बताए । सन १९६२ मा नेपाल आएका अमेरिकन पिस कोर हरुले त्यस बेला खिचेको २५ हजार तस्विर र सोही समय तिर आएका जापानी वैज्ञानिकहरुले लिएको तीन हजार छ सय तस्विरको नेगेटिभ र पोजेटिभ आझै सुरक्षित रहेको उनले बताए ।

 

अझ रमाइलो पक्षके छ भने पोखरामा फुटबल खेलको शुरूवात भएको फोटो समेत त्यहा भेटिन्छ । त्यसमा पनि पोखरामा सवारी आगमन हुदाको ९ नम्बर ढ्वाङ जुन पोखराको लागि नैकै परिचित नाम हो । त्यतिबेला उक्त ढ्वाङ्ले पोखराको बगर देखि अहिलेको एरपोर्टसम्म जाने गर्दथ्यो । जहाज गिरान जहाज गिरानू भन्दै चल्ने ढ्वाङले २५ पैसा भाडा लिने गरेको उत्तमले बताए । वि.स २००८ सालमा पोखरामा जहाज आएदेखी २३ सालमा आएको सवारी र त्यस बेला यातायातको रुपमा रहेको ठेलागाढाहरुको समेत तस्विर राखिएको छ । संग्रहमा ४०(६० वर्ष पुरानो फोटो तथा डकुमेन्ट्री राखिएको छ । पाँच लाख रुपैयाँको लगानिमा बनाइएको संग्रहमा टिकटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्