मेलमिलाप केन्द्रले उत्कृष्ट काम गरेको सरोकारवालाको भनाई



नुवाकोट ।
मेलमिलाप केन्द्रले नुवाकोटमा उत्कृष्ठ काम गरेको सरोकारवालाले बताएका छन । लिखु गाउँपालिका वडा नं ४ को कार्यलय चौघडामा शनिबार प्राकृतिक श्राेत द्धन्द्ध रुपान्तरण केन्द्र नुवाकोटको आयोजना, दि एसिया फाउन्डेशनको सहयोग र न्यायिक समिति लिखु गाउँपालिकाको सहकार्यमा आयोजनामा भएको न्यायिक समिति मेलमिलाप केन्द्र र स्थानिय प्रहरीबिच शुभकामना आदानप्रदान कार्यक्रममा सरोकारवालाहरुले उत्त धारणा व्यत्त गरेका हुन ।

 

कार्यक्रममा मन्तव्य राख्दै लिखु गाउँपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी प्रमुख रोजीना राईले आफुहरुले खाजेको र चाहेको कार्यक्रम समेत सामुदायिक मेलमिलाप केन्द्र्रले वडावडामा लगेर राम्रो काम गरेको बताउनुभयो । न्यायिक समितिकी प्रमुख राईले वडावडामा देखिएको द्धन्द्ध मेलमिलाप केन्द्रमार्फत प्रभावकारी रुपमा समाधान भएको भन्दै केन्द्रले गाउँपालिकाको काम गरेर सहज बनाएको बताउनुभयो । राईले राम्रो र उन्नत समाज निर्माणका लागि गाउँपालिकाले कार्यनिति तय गर्ने बताउनुभयो । उनले गाउँपालिकाले विभिन्न किसमिको विवाद समाधानजको लागि १० लाख बजेट छुट्टाएको भन्दै आवश्यकता हेरेर बढाउने बताउनुभयो ।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र नुवाकोटका अध्यक्ष उत्सव अर्यालले मेलमिलाप कन्द्रले कानुनी तवरले मुद्धा मिलाई दिने मात्र नभई फाटेको मन समेत जोडुने काम गरेकोले नुवाकोटमा केन्द्रले उत्कृष्ठ काम गरेको बताए । अर्यालले अबको दिनमा मेलमिलाप केन्द्रको अपनत्व स्थानिय तहले लिनुपर्ने बताउनुभयो । अन्र्तक्रिया कार्यक्रममा खरानीटार प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक कविन्द्र घिमिरेले न्यायिक समिति र मेलमिलाप केन्द्रले प्रहरीको काम गरेको बताए । उनले समाजमा द्धन्द्ध मिलाउने काम आफुहरुले गर्ने गरेको तर मेलमिलाप केन्द्रले फाटेको मन नै सिलाउने गरेकोले केन्द्रले प्रभावकारी काम गरेकाे बताए ।

सो कार्यक्रममा सामुदायिक मेलमिलाप केन्द्रका जिल्ला संयोजक सिताराम पौडेलले फाटेको मन सिलाउने अस्पतालको रुपमा द्धन्द्ध रुपान्तरण केन्द्र रहेको बताउनुभयो । उहाँले आफुहरुले केन्द्रले दुबैपक्षको विनविन ९विजय० अवस्थामा मेलमिलाप गर्ने बताउउँखै विषयगत र सम्बन्धगत मुद्धामा आफुहरु केन्द्रि भएको बताउनुभयो ।

कार्यक्रममा लिखु गाउँपालिकाका विभिन्न वडासदस्य, सरोकारवाला, मेलमिलापकर्ता र पत्रकारहरुको उपस्थििति रहेको थियो । सामुदायिक मेलकिलाप केन्द्र नुवाकोटसहित अन्य ६ जिल्लामा सञ्चालनमा रहेको छ । केन्द्रले बिबाद समाधानको क्षेत्रमा नुवाकोटमा गर्दै आएको काम प्रभाबकारी बन्दै गएको सरोकारवालाहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्