आरोप अस्वीकार



रियाद, (एजेन्सी)
साउदी अरेबियाले इस्तांबुलस्थित आफ्नो वाणिज्य दूतावासमा सार्पसुटरद्वारा जमाल खसोगीको हत्या भएको समाचार अस्वीकार गर्दै त्यसलाई झुठो र निराधार भएको बताएको छ। पत्रकार बेपत्ता भएको विषयलाई लिएर साउदी अरेबिया र टर्कीबीच विवाद उत्पन्न भएको छ। यो विवाद बढेपछि वासिङ्टन पोस्टले उक्त समाचार प्रकाशित गर्दै टर्कीस्थित दूतावासभित्रको रेकर्डिङ रहेको त्यसले खसोगीलाई दूतावासमा यातना दिएको र फेरि उनको हत्या गरेको उसको दाबी प्रमाणित हुने जनाएको छ। अधिकारीहरूले वार्ताका लागि एक साउदी प्रतिनिधिमण्डल टर्की पुगेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्