अल्जाइमरको उपचारमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग



टोरोन्टोे, (एजेन्सी)
वैज्ञानिकहरूले अल्जाइमर रोग उपचारमा उपयोगी हुने कृतिम बुद्धिमता (आर्टिफिसियल इन्टेलिजेन्स) को एल्गोरिथम तयार गरेका छन्। यसको माध्यमबाट व्यक्तिको सोच्ने र बुझ्ने क्षमतामा कमीका कारण पाँच वर्षअगाडि नै अल्जाइमर हुने खतरा रहेको वा नरहेको विषयमा पत्ता लगाउन सक्ने बताइएको छ।
क्यानाडाको युनिभर्सिटी अफ टोरोन्टोका सोधकर्ताहरूले म्याग्नेटिक रेसोनेन्स इमेजिङ (एमआरआई), आणुवंशिक र क्लिनिकल आंकडाबाट प्राप्त संकेतलाई विश्लेषण गर्दै एल्गोरिडम तयार गरेका छन्। पीएलओएस कम्प्युटेसनल बायोलजीमा प्रकासित एक शोधका अनुसार उक्त एल्गोरिडमले व्यक्तिको सोच्ने र बुझ्ने क्षमतामा कमी आउनुले अर्को पाँच वर्षमा उसलाई अल्जाइमर रोग हुने सम्भावना पत्ता लगाउन मद्दत गर्न सक्छ। क्यानाडाको म्याकगिल युनिभर्सिटीमा सहायक प्राध्यापक मलार चक्रवर्तीले वर्तमान अवस्थामा अल्जाइमरको उपचारको सीमित तरिका रहेकाले सबैभन्दा राम्रो यसको रोकथाम हुने बताए। चिकित्सा सहायक रूपमा कृतिम बुद्धिमता प्रक्रिया महŒवपूर्ण भूमिका हुन सक्छ। यसको सहायताबाट रोगीको उपचारका लागि सही दिशा अवलम्बन गर्न सक्ने उनले बताए।

अनुमानका आधारमा मानिसको जीवनशैलीमा परिवर्तन गर्न सक्छ, जसले अल्जाइमरलाई रोक्न सक्छ वा यसाई पूरै रोक्न पनि सम्भव हुने उनले बताए। उक्त सोधमा ४ सय जनालाई सहभागी गराइएको थियो। उनीहरूमध्ये केहीको स्वास्थ्य स्थिति सामान्य रहेको र केहीमा सोच्ने र बुझ्ने क्षमतामा सामान्य कमी आएका थिए भने केही भने अल्जाइमरबाट पीडित थिए।

प्रतिक्रिया दिनुहोस्