मेलानियाद्वारा ट्रम्पसँगको सम्बन्धमा समस्या नरहेको दाबी



वासिङ्टन, (एजेन्सी)
अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले आफ्ना पति तथा राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्धमा समस्या रहेको भन्ने सबै प्रकारका अनुमानलाई अस्वीकार गरेकी छिन्।

ट्रम्पमाथि वैवाहिक सम्बन्धबाहिर पनि सम्बन्ध रहेको आरोप लागिरहेको छ। यस विषयमा मेलानियाले यो उनको चिन्ताको विषय नभएको र उसँग यो भन्दा राम्रो काम गर्ने विषय रहेको बताइन्। पहिलोपटक एबीसी न्युजलाई दिएको अन्तरवार्तामा ट्रम्पसँगको सम्बन्धमा मेलानियाले भनिन्– ‘यी त्यस्ता कुराहरू हुन् जुन सुन्नमा राम्रो लाग्दैन।’

डोनाल्ड ट्रम्प र उनीबीच प्रेम छ, भन्ने प्रश्नको जवाफमा मेलानियाले भनिन्– ‘हामीबीच सबै ठीक छ। ट्रम्पले पनि वैवाहिक बाहिरको सम्बन्धलाई अस्वीकार गरेका थिए। पोर्न स्टार स्टर्मी डेनियल्स र प्लेब्वायकी पूर्वमोडेल केरेन म्याकडउलले ट्रम्पसँग सुतेको दाबी गरेका थिए। आफ्नो पतिलाई आफूले माया गर्ने गरेको र उनीहरूको सम्बन्धका बारेमा सञ्चार माध्यममा प्रकाशित हुने वा प्रसारित हुने कुराहरू सधंै सही नहुने मेलानियाले बताइन्।

पतिसँगको सम्बन्धका विषयमा सञ्चार माध्यममा आएका विषयलाई लिएर मेलानियाले भनिन्– ‘यो नत मेरो चिन्ताको विषय हो नत म यी चिजहरूमा ध्यान नै दिन्छु। म एक आमा हुँ र अमेरिकाकी प्रथम महिला हुँ। मसँग सोच्न र गर्नका लागि योभन्दा महŒवपूर्ण कुराहरू छन्। मलाई थाहा छ के ठीक छ, के सत्य हो र के सत्य होइन।’ गत हप्ता मेलानिया पूरै अफ्रिकी देशको भ्रमणमा थिइन्। सोहीबेला यो अन्तरवार्ता रिकर्ड गरिएको थियो। अन्तरवार्ताको पहिलो हिस्सा बिहीबार प्रशारित गरिएको थियो।

‘म वासिङ्टनलाई माया गर्छु। मलाई त्यहाँ बस्न मन पर्छ र मैले हाम्रो छोरा र मेरो पतिका लागि ≈वाइट हाउसलाई घर बनाएँ। हामी ≈वाइट हाउसमै बस्न रुचाउँछांै’ –एबीसीका राष्ट्रिय मामिला प्रमुख संवाददाता टम लियामसलाई ट्रम्पले बताएकी छिन्। मेलानियाले उक्त अन्तरवार्तामा महिला यौन उत्पीडनको आरोप लगाउनेहरूले ठोस प्रमाण पनि पेश गर्नुपर्ने बताएकी छिन्। यद्यपि विश्वमा सबैभन्दा शोसित हुनेमा महिला नै भएको आफूलाई थाहा भएको पनि उनले बताइन्।

क्यारेन म्याकडाउलले सन् २००६ मा उसको ट्रम्पसँग १० महिनासम्म सम्बन्ध रहेको दाबी गरेकी थिइन्। त्यतिबेला ट्रम्प र मेलानियाको विवाह भइसकेको थियो। क्यारेन म्याकडउलले ‘द नेसनल इन्क्वायरर’ नामक एक ट्याब्लोइडसँग आफ्नो सामग्री प्रकाशनको अधिकार दिन ढेड लाख डलरको सहमति गरेकी थिइन्। यद्यपि उक्त लेख सामग्री भने प्रकाशित भएन। यस विषयलाई उनीहरूबीच एक अर्को एउटा लिखित सहमति बनेको थियो।

त्यसैगरी स्टर्मी डेनियल्सले ट्रम्पसँग सन् २००६ मा शारीरिक सम्बन्ध राखेको दावी गरेकी थिइन्। डेनियल्ससँग सन् २०१६ मा राष्ट्रपति चुनावअगाडि यस मामिलामा मौन रहनका लागि ट्रम्पसँग १ लाख ३० हजार डलरको सम्झौता भएको थियो। तर ट्रम्पले ती आरोपलाई पूर्णरूपमा अस्वीकार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्