पादरी रिहा



इजमिर, (एजेन्सी)
टर्कीमा दुई वर्षदेखि हिरासतमा राखिएका एक अमेरिकी पादरी एन्ड्रयु ब्रुनसनलाई एक अदालतले रिहा गरेपछि स्वदेश फर्केका छन्। ≈वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको स्वागत गर्ने बताइएको छ। ब्रुनसन इजमिर एजियन सहरस्थित अदनान मेनडेरेस हवाइ अड्डाबाट शुक्रबार अमेरिकी सैन्य विमानबाट जर्मनीस्थित अमेरिकी रामस्टाइन हवाइ हड्डा प्रस्थान गरेका थिए। त्यहाँबाट उनी अमेरिका प्रस्थान गरिने जनाइएको छ। ब्रुनसेनलाई हिरासतमा लिएपछि अमेरिका र टर्कीबीचको सम्बन्ध धेरै बिग्रेको थियो। ट्रम्पले पादरीको रिहाका लागि टर्कीमाथि धेरै दबाब दिएका थिए।

प्रतिक्रिया दिनुहोस्