खिलकुमारी–गणेशबहादुर दुवाल स्मृति कोषमा ५ लाख



बनेपा। काभ्रे बहुमुखी क्याम्पसअन्तर्गत ‘खिलकुमारी–गणेशबहादुर दुवाल स्मृति कोष’को नाममा रहने गरी शान्तिकिरण दुवाल जोशीले क्याम्पस प्रमुख केजी बयदारलाई रु. ५ लाखको चेक हस्तान्तरण गर्नुभयो। शान्तिकिरण दुवाल जोशी, कुमारीपाटी (रत्नलोकभवन) का आमा–बुबा खिलकुमारी र गणेशबहादुर दुवालको स्मृतिमा प्रत्येक वर्ष आईटीमा पहिलो हुने छात्रलाई गणेशबहादुर दुवाल र छात्रालाई खिलकुमारी दुवालकै स्मृतिमा रु. २५,०००।– नगदसहित प्रमाणपत्र सम्मान गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्