खगेन्द्र अब जय डन



छक्का पञ्जा ३ अहिले सिने बजारमा हिट केक बनेको छ। गत २४ गते घटस्थापनाका दिनदेखि रिलीजमा आएको छक्का पञ्जा ३ ले ३ दिनमै २ करोडको व्यापार गरेर बजारमा हंगामा गरिदिएको छ।

छक्का पञ्जा ३ जस्तै आशा गरिएको फिल्म जय भोले फुलपातीका दिन आगामी मंगलबारदेखि अल नेपाल रिलीज हुँदैछ। यो फिल्म निर्माता, निर्देशक तथा अभिनेता अशोक शर्माले १२ वर्षको अन्तरालपछि निर्माण र निर्देशन गरेका हुन्। ट्रेलरबाटै प्रशंषा पाएकाले जय भोलेलाई लिएर शर्मा उत्साहित छन्। उनीजत्तिकै उत्साहित छन् यस फिल्मका अभिनेताहरूमध्येका १ खगेन्द्र लामिछाने पनि। आफुले विगतमा गम्भिर प्रकृतिको भुमिका गरेको र यसमा त्यसबट पर हटेर पहिलोपटक हास्यप्रधान भुमिकामा देखिएकाले उत्साहित भएको उनले बताएका छन्।

‘शुरूमा मलाई यो रोल गर्नै मन थिएन। सुनको सिक्री लगाएर हुल दंगा गर्दै हिँड्ने जय डनको भुमिकामा मलाई सुहाउँदैन भनेर अरूलाई नै अभिनय गराउन अशोक शर्मालाई कन्भिन्स गर्न प्रयास गरेको थिएँु एक भेटमा लामिछाने भन्दै थिए ‘तर उल्टै उहाँले मलाई यो रोलका लागि कन्भिन्स गरेपछि म जय डनको रूपमा खेल्न तयार भएँ।

जय भोलेमा हास्य भुमिका गरिसकेपछि आफुले त्यसलाई चुनौतीको रूपमा स्वीकारेको दाबी खगेन्द्रको छ। ‘एउटा कलाकार भईसकेपछि जस्तो पनि भुमिका निर्वाह गर्न‘पर्छ भन्ने कुरामा म पुरै कन्भिन्स छु। त्यसैले यसपटक केही फरक शैलीको हास्यप्रधान भुमिका गरेको छु। हास्यप्रधान भए पनि मेरो भुमिका त्यत्तिकै गहन र जिम्मेवार पनि छु खगेन्द्रको दाबी छ।

आप्mनै लेखनमा बनेको फिल्मबारे उनले जय भोलेमा साथीसाथीबीचको सम्बन्धको कथा उठान गरिएको बताए। ‘जय भोले दुई साथीबीचको सम्बन्धमा उतार चढावको कथामा केन्द्रीत छ। मैले झापाको एउटा युवाको भुमिका निर्वाह गरेकाले त्यहीको लवज उतार्ने कोशिष गरेको छुु खगेन्द्रले भने ‘त्यो टोन सिक्नका लागि मैले केही महिना अभ्याससमेत गरँे।

झापा आसपासको टोन अब म राम्रैसँग बोल्न सक्छु।ु फिल्ममा उनको साथीका रुपमा सौगात मल्ल, प्रेमिकाका रुपमा स्वस्तिमा खड्का र मितको भुमिकामा बुद्धि तामाङ छन्। आफुहरू नै फिल्मको मुख्य पात्र रहेको र यी ४ पात्रको वरिपरि कथा घुमेको पनि उनले खुलाए। ‘जय भोलेको चुरो नै एउटा सशक्त विषयवस्तु छ।

त्यो विषयवस्तुको बारेमा भन्दा कथा खोलिने भएकाले त्यसलाई अहिलेलाई रहस्यमै राखौँु खगेन्द्रको भनाई थियो। आफुहरूले करिब एक वर्षको अभ्यास पछि यो फिल्मको स्कृप्ट तयार गरेको पनि खगेन्द्रले बताए। ‘अशोक शर्मा जस्तो व्यबसायीक निर्मातासँग काम गर्न निकै सजिलो भयो। जय भोले दर्शकलाई हँसाउँदै रुवाउने फिल्म बनेको छु उनी भन्छन् ‘यसले मनोरञ्जनसँगै सन्देश पनि दिनेछ।

निर्माता निर्देशक अशोक शर्माले जय भोलेको मुख्य विषय बस्तुलाई सरप्राइजका रुपमा लुकाएर राखिएको बताए। ‘ट्रेलरमा जे छ, जय भोलेमा त्यती मात्र छैन। त्योभन्दा महत्वपुर्ण मनोरञ्जन र कन्टेन सरप्राइजको रुपमा रहेको छु शर्माको भनाई छ।

प्रतिक्रिया दिनुहोस्