स्वस्थ र सुन्दरताका लागि सुन्तलाको उपयोग



  • सुन्तलामा लाइमोनोइड्स तत्व धेरै मात्रामा पाइन्छ । यसले छाला, स्तन, कलेजो, पेट आदिका विभिन्न प्रकारका क्यान्सरसँग जुध्न मद्दत गर्छ ।
  • दैनिक सुन्तलाको जुस सेवनले किड्नीको समस्या र किड्नीमा स्टोन हुनबाट जोगाउँछ । तर चिनीको धेरै मात्रा भएको जुस खाँदा त्यसले दन्तसडन ९दाँतमा कीरा लाग्ने० हुनुका साथै इनामेल पनि निस्केर जान्छ ।
  • कोलेस्ट्रोल घटाउनमा पनि सुन्तला लाभदायक छ ।
    सुन्तला पोटासियमले भरिपूर्ण हुन्छ । जसले मुटुको सञ्चालन राम्ररी गर्छ ।
    अध्ययनले के देखाउँछन् भने, सुन्तलाले भाइरस इन्फेक्सनबाट पनि बचाउँछ ।
  • सुन्तलामा भएको हेस्पाराडिन र म्याग्नेसियमले ब्लड प्रेसर नियन्त्रण
    गर्न मद्दत गर्छ ।
    फाइबरको मात्रा धेरै भएको हुनाले सुन्तलाले पेटको अल्सरबाट धेरै हदसम्म बचाउँछ ।
  • सुन्तलाको बोक्रामा धेरै मात्रामा भिटामिन ‘सी’ पाइन्छ । त्यसैले यसको बोक्रा घाममा सुकाई पाउडर बनाउने हो भने यसले बडी स्क्रबको काम गर्छ । सो पाउडर दुधमा मिलाएर मुहारमा लगाउनाले मुहारमा ताजगी ल्याउनुका साथै दागधब्बा पनि हटाउँछ ।
  • सुन्तलाको बोक्रालाई पेस्ट बनाएर मुहारमा लगाउन सकिन्छ । यसले डन्डिफोर कम गर्नुका साथै चिल्लोपनाको मात्रा पनि घटाउँछ । साथै यसले दाग हटाउनु मद्दत गर्छ ।
  • सुन्तलाले एउटा राम्रो कन्डिसनरको काम पनि गर्छ । एउटा सुन्तलाको रसमा अलिकति पानी र एक चम्चा मह मिलाई कपाल स्याम्पु गरिसकेपछि ५–१० मिनेट लगाएर छोडिदिने । यसले तपाईंको कपाल सुन्दर, चम्किलो अनि स्वस्थ बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्