अबका तीन महिना केही चुनौतीपूर्ण हुनेछ



पछिल्ला दिनमा नेपालमा बैंकिङ क्षेत्रको अवस्था राम्रो र सहज हुँदै गएको छ। गत वर्ष बैंकिङ क्षेत्रमा केही समस्या देखिएको थियो। तर, यस वर्ष त्यस्तो देखिएको छैन। भोलिका दिनमा पनि बैंकिङ क्षेत्र सहज तरिकाले अगाडि बढ्ने अनुमान गर्न सकिन्छ। यद्यपि, अबका तीन महिनामा भने बैंकिङ क्षेत्रका लागि केही चुनौतीपँर्ण हुनेछ भन्ने मैले विश्लेषण गरेकी छु।

गत वर्ष ५÷६ महिनासम्मै बैंकिङ क्षेत्रले लगानी गर्न सकेन। जसले गर्दा समस्या निम्त्याएको थियो। अहिले त्यसलाई हामीले शुरूदेखि नै हेरिरहेका छौं। हरेक वर्ष पछिल्लो ५÷६ महिनामा दबाब त परिहाल्छ नै। तर, अहिले मुलुकमा स्थायी सरकार छ। विकास निर्माणका काम द्रँत गतिमा अगाडि बढ्लान्, जनतामा पनि उत्साह थपिएको छ। व्यपार व्यवसाय पनि बढेको देखिएको छ। बजारमा जसरी ऋण प्रवाह बढेको छ त्यसलाई राम्रो छ भन्न सकिन्छ।

स्थानीय तहमा बैंकिङ पहुँच बढ्दै गएको छ। हामीले शुरूदेखि नै ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनतालाई केन्द्रित गर्दै आएका छौं। अरू बैंकले नदेखेको अवस्था र बैंकिङ पहुुँच नपुगेको अवस्थामा हामी पुगेका छौं। शुरूआतमै पनि त्यस क्षेत्रमा निक्षेप संकलनको स्थिति राम्रो देखिएको छ। जनतामा बचत गर्नुपर्छ भन्ने चेतनाको विकास हुँदै गएको छ। त्यसैले बैंकमा बचत पनि राम्रो हुँदै गएको छ, त्यति धेरै त होइन तर विस्तारै त्यो बढ्ने छ भन्ने हामीले अपेक्षा गरेका छौं। स्थानीय तहमा बैंक विस्तारसँगै आर्थिक गतिविधि बढ्ने हाम्रो विश्वास छ।
बैंकले बजारको मागअनुसार लगानी गर्ने हो। बैंक आफैंले सिर्जना गर्ने होइन, लगानीको क्षेत्र उद्यमीले बनाउने हो जहाँ मुनाफा सुनिश्चित हुन्छ त्यहीँ लगानी गर्न उद्यमीहरू तयार हुनुपर्छ। बैंकले र साथ मात्रै दिने हो। अहिलेको सन्दर्भमा सिमेन्टमा, हाइड्रो, अस्पताललगायतका क्षेत्रमा राम्रो लगानी भइरहेको छ। नयाँ उद्यमीका लागि पनि नयाँ–नयाँ अवसर देखिएका छन्।

देशमा जस्तोसुकै समस्या आए पनि बैंकिङ क्षेत्रले राम्रो गरिरहेको अवस्था छ। आर्थिक विकासको मुख्य मेरुदण्ड नै बैंकिङ क्षेत्र रहेको छ। मेरो तीन दशकको बैंकिङ अनुभवमा देशभित्र निक्कै धेरै उतारचढावहरू भएको मैले देखेकी छु। आर्थिक क्षेत्र बलियो नहुँदासम्म अरू विकास सम्भव छैन। एक दुई वर्षभित्रै नेपाल राष्ट्र बैंकले बैंकहरूका चुक्तापुँजी ८ अर्ब रुपियाँ पु¥याउँदा पनि बैंकले राम्रो गरेको छन्। सबैको राम्रै प्रगति भएको छ। सबैलाई विजनेस पुगेकैे देखिन्छ। अब सातवटै प्रदेशमा बजेट जान्छ। सरकारले गर्ने खर्चमा पनि केही फेरबदल गरेको खण्डमा अझ राम्रो भएर जानेछ।

प्रतिक्रिया दिनुहोस्