यस्तो एउटा गाउँ, जहाँ पहाडमा ढुंगा हानेर गर्भको लिंग पहिचान



काठमाडाैं । गर्भमा रहेको भ्रुणको लिंग पहिचान गरी सोही आधारमा बालिकाको गर्भपतन गर्ने कार्य कानूनी रुपमा अवैध छ ।

भ्रुणको लिंग पहिचानका लागि सोनोग्राफी लगायतका आधुनिक विधिहरु प्रयोग गरिन्छ । तर भारतमा एउटा यस्तो गाउँ छ जहाँ भ्रुणको लिंग पहिचानका लागि गर्भवती महिलाले पहाडमा ढुंगाले हिर्काउँछन् ।

झारखण्डको लोहरदगास्थित खुखरा गाउँमा यस्तो क्रूर चलन रहेको छ ।

चारसय वर्ष पहिले नागवंशी राजाहरुको शासनकालदेखि यो चलन चलेको हो । उक्त गाउँमा एउटा पहाड रहेको छ, जसले ४ सय वर्षदेखि गाउँलेहरुको भविष्यको सम्बन्धमा जानकारी दिइरहेको विश्वास गरिन्छ । मानिसहरुमा उक्त पहाडप्रति अटूट विश्वास रहेको छ ।

पहाडमा चन्द्रमाको आकारको एक आकृति बनेको छ, जसले भ्रुणको बच्चाको लिंगको बारेमा बताउँदछ । पहाडमा ढुंगाले हिर्काएर त्यो पत्ता लगाउन सकिन्छ ।

गर्भवती महिलाहरुले केही टाढाबाट पहाडको त्यो आकृतिमा ढुंगाले हान्छन् । यति फ्याँकेको ढुंगा चन्द्राकारको बीचमा गएर बज्रियो भने छोरा जन्मिन्छ र चन्द्राकार भन्दा बाहिर बजि्रयो भने छोरी जन्मिन्छ भन्ने विश्वास छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्