केवनागद्वारा न्यायधिष पदको सपथ



वासिङटन (एजेन्सी)
अमेरिकाको सर्वोच्च अदालतका न्यायधिषका रुपमा मेब्रेट केवनागले सपथ लिएका छन् । यौन उत्पिडनको आरोप लागेपनि केवनागको नियुक्ती विवादमा घेरिएको थियो । केवनाग माथि ३ महिलाले यौन उत्पिडनको आरोप लगाएका थिए । ती आरोपको उनले कडा प्रतिवाद गर्दै खन्डन गरेका थिए ।
क्यावनोग माथि लागेका आरोपहरुको संघिय जाँच ब्युरो एबीआईले जाँच गरिरहेको छ । तर राष्ट्रपति ट्रम्पले लगातार न्यायधिष क्यावनागको समर्थन गरिरहे ।

अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले नै न्यायधिष पदका लागि क्यावनागको नाम प्रस्ताव गरेका थिए । केवनागको यो जितलाई नोभेम्बरमा हुन गइरहेको मध्यावधी चुनावमा राष्ट्रपति ट्रम्पको जीतका रुपमा हेरिएको छ । सपथ ग्रहण अगाडी वासिंगटनमा सयौं नागरिकले केवनाग विरुद्ध प्रदर्शन पनि गरेका थिए । ५३ बर्षिय केवनागले सर्वोच्च अदालतमा एक निजि समारोहबीच शनिबार साँझ सपथ लिए । मुख्य न्यायधिष जोन रोबर्टसले उनलाई सपथ ग्रहण गराएका थिए ।

न्यायधिष केवनागमाथि तीन महिलाले हाइस्कुल र येल युनिभिर्सिटीमा पढाइका क्रममा यौन शोषन गरेका आरोप लगाएका थिए । क्यवनागलाई सर्र्वोच्च अदालतको न्यायधिष बनाउन नामाकंन गर्ने राष्टपति ट्रम्पको फैसलाको अमेरिकामा ब्यापक विरोध पनि भयो ।

आरोपका सम्बन्धमा सफाई दिने क्रममा केवनागले आफु स्कुल कलेजका दिनहरुमा नियमित चर्च जाने र भगवानसँग डराउने ब्यक्ती भएको बताएका थिए । आफुले आजिवन महिलाको सम्मान गरेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्