ट्रम्पसँग दोस्रो शिखर वार्ताका लागि किम तयार



सोल (एजेन्सी)
उत्तर कोरियाका नेता किम जोङ उन छिट्टै अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पसँग दास्रो शिखर वार्ताका लागि सहमत भएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति कार्यालयले जारी गरिएको एक विज्ञप्तीमा अमेरिकाका विदेशमन्त्री माइक पोम्पियाले उनी र किमबीच चाँदो भन्दा चाँदो दोस्रो अमेरिका–उत्तर कोरिया वार्ता लिएर सहमति भएको जानकारी गराएको उल्लेख गरिएको छ ।

पोम्पियोले दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनसँग दास्रो वाताका लािग समय र स्थान तय गर्न लगातार वार्ता गर्न सहमत भएको बताएका थिए । प्योङयाङमा किमसँग आइतबार भेटेपछि अमेरिकी विदेशमन्त्रीले दक्षिण कोरियाली राष्ट्रपतिसँग पनि भेटेका थिए । सोल पुगेपछि पोम्पियोले उत्तर कोरियाली नेता किम जोङ उनसँगको वार्तामा भएको प्रगतीको सराहना गरे ।

पोम्पियो र किमबीच उत्तर कोरियाको राजधानीमा करिब दुई घण्टा वार्ता भएको थियो । वार्ताका क्रममा दुबैलेसँगै भोजन पनि गरेका थिए । पोम्पियोले ट्विटमा पनि किमसँगको भेटवार्ता राम्रो रहेको उल्लेख गरेको छ । सिंगापुर वार्तामा भएका सम्झौतामा पनि प्रगति गरेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्