वासिंगटन पोस्टका पत्रकार मारिएको दावी



इस्तानवुल,(एजेन्सी)
तुर्केली अधिकारीहरुले अमेरिकी लोकप्रिय अखवार वासिंगटन पोस्टका स्तम्भकार जमाल खासोगीको हत्या भएको हुनुपर्ने विश्वास व्यक्त गरेपछि उनी वेपत्ता भएको घटना प्रति सन्त्रास बढ्न थालेको छ ।

मंगलवार टर्कीको राजधानी इस्तानवुल स्थित साउदी नियोगमा जाने क्रममा साउदी नागरिक खासोगी वेपत्ता भएक थिए । एकजना तुर्केली वरिष्ठ अधिकारीले प्रारम्भिक अनुसनधानबाट उनको त्यहाँ हत्या भएको संकेत मिलेको वीवीसीलाई जानकारी दिएका छन् ।

तर साउदी अरेवियाले ति आरोपलाई अस्विकार गर्दै अझै पनि उनको खोजिकार्य जारी रहेको बताएको छ । यता वासिंगटन पोष्टले भने यदि उनको हत्या भएको हो भने यो राक्षसी र अक्ष्यम्य कार्य ठहरिने प्रतिक्रिया दिएको छ ।
इस्तानवुलका लागि वीवीसीका पत्रकार मार्क लोवेनले यस घटनाका ेकारण टर्की र साउदीबिचको सम्बन्ध अप्रत्याशित रुपमा तनावमा पर्ने बताएका छन् ।

यस घटनाको छानविन थालिसकेका तुर्केली अधिकारीहरुले नाम नवताउने शर्तमा संचार माध्यमलाई आइतवार उनी मारिएको हुनुपर्ने बताएका हुन् ।
टर्कीको सत्तारुढ एके पार्टीका उपाध्यक्षले सीएनएन तुर्क प्रशारणकर्तालाई उनको हत्या भएके ठोस प्रमाण रहेको बताएको रोयटर्स समाचार निकायले जनाएको छ । जमा खासोगी साउदी अरेवियाका राजकुमार मोहमद विन सलमानका कटर आलोचक मानिन्छ । वासिंगटन पोष्टको विचार पृष्ठमा कलम चलाउँदै आएका खासोगीको १६ लाख भन्दा बिढ टिवटर फलोअर रहेका छन् ।

मंगलवार उनी आफ्नी तुर्केली मंगेतर हातिस सेन्गिजसंग विवाह गर्नका लागि आफनी पुर्व पत्नीसंग पारपाचुके भइसकेको दस्तावेजमा सिफारिश लिनका लागि सो नियोगमा गएका थिए । सेन्गिजले आफुले नियोग बाहिर एघार घन्टा सम्म कुरेको तर उनी बाहिर ननिस्केको बताएकी छिन् ।

उनी कुनै पनि कुटनीतिक नियोगको मान्य परम्परा अनुसार खासोगीले नियोग प्रवेश गर्नुअघि मोवाइल फोन आफुलाई दिँदै यदि आफु नफर्किएको खण्डमा तुर्केली राष्ट्रपति तायिप एर्दोगानका सल्लाहकारलाई फोन गर्न सिकाएके बताएकी छिन् ।

सेन्गिजले टिवटरमा लेखेकी छिन् , ‘ जमाल मरेको छैन । उनी मारिएको भन्ने कुरामा मलाई विश्वास छैन । म आधिकारिकी पुष्टिको प्रतिक्षामा छुँ । तुर्केली – अरव संचार संगठनका अध्यक्ष तुरान किस्लाकेइले अर्को अमेरिकी अखवार न्युयोर्क टाइम्सलाई सो नियोगको सुरक्षामा खटिएका तुर्केली प्रहरीले त्यहाँका सुरक्षा क्यामेराहरु परिक्षण गर्दा उनी हिंडेर नियोग बाहिर आएको नदेखेको बताएका छन् ।

तर उनले थुप्रै कुटनीतिक कारहरु भने नियोगमा आउने र त्यहाँबाट बाहिरिने गरेको देखिएको बताएका छन् । बुधवार साउदी राजकुमार मोहमद विन सलमानले ब्लुमवर्ग न्युजलाई नियोगमा आफुहरुले कुनै पनि चिज नलुकाएकाले तुर्केली सरकारलाई नियोगको खानतलाशी लिन स्वागत गरिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्