प्रेम लीलामा दीपशिखाको अनौठो लुक्स



अन्तरदेशीय प्रेम सम्बन्धको कथामा बनेको फिल्म प्रेम लीलामा नायिका दीपशिखा खड्का अनौठो लुक्समा देखिएकी छिन्। हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको फिल्मको फस्ट लुकमा खौरिएको टाउकोका साथ एङ्ग्री लेडीका रूपमा देखिएकी छिन्।

आगामी माघ २५ बाट अल नेपाल रिलिज हुने फिल्ममा दीपशिखा खड्काका साथ अलि खान र मौसम खड्का प्रमुख भँमिकामा छन्। खानले यसै फिल्मबाट डेब्यु गरेका हुन्। दुबईमा मोडलिङ गर्दै आएका अलि खानले फिल्ममा भारतबाट नेपाल घुम्न आउने पर्यटकको भँमिका निर्वाह गरेका छन्। उनले दीपशिखासँग दुबईमा भेट भएको र फिल्म खेल्न प्रस्ताव गरेपछि प्रेम लीलामा खेलेको बताए। ‘दुबईमा दीपशिखासँग भेट भएको थियो।

उनले फिल्मको बारेमा बताएकी थिइन्। ‘कथा चित्तबुझ्दो भएपछि खेल्न राजी भएँ’, खानले भने– ‘आगामी दिनमा पनि नेपाली फिल्म खेल्न तयार छु।’ दीपशिखाले यसअघि केही फिल्ममा अभिनय गरे पनि प्रेम लीला नै आफ्नो डेब्यु फिल्म हुने दाबी गरिन्। ‘गर्न त मैले ८ वर्षको अवधिमा थुप्रै फिल्ममा अभिनय गरें। तर मलाई कुनै पनि फिल्मले चिनाएनन्। त्यसैले मैले पनि यसलाई डेब्यु फिल्म नै ठानेकी छुु’ –खड्काले भनिन्। उनले फिल्मको गेटअपमा रहन सुटिङदेखि हालसम्म ५ पटक कपाल काटेको बताइन्।

दीपशिखाकै लेखन रहेको फिल्म जनक पाण्डेले निर्देशन गरेका छन्। पैफिल फिल्म्सको ब्यानरमा नानीमैया कार्कीले निर्देशन गरेको फिल्म पवन गौतमले खिचेका छन्।

प्रतिक्रिया दिनुहोस्