सुरेशको दैलो ट्रेलरमा



अभिनेता सुरेश उप्रेतीको लेखन र निर्देशनमा बनेको फिल्म दैलोको ट्रेलर सार्वजनिक गरिएको छ। जमुनादेवी फिल्म्स प्रालिको ब्यानरमा खलनायकका रूपमा चर्चित अभिनेता उप्रेतीले पहिलोपटक निर्देशन गरेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

सामाजिक कथावस्तुमा आधारित फिल्ममा दाइजो, शिक्षक र विद्यार्थीबीचको आत्मीय सम्बन्ध, अभिभावकको त्याग र समर्पणलगायतका विषयवस्तु समेटिएको उप्रेतीले बताए। उनका अनुसार छोरा नै चाहिन्छ भन्ने सामाजिक मान्यताविरुद्धमा दैलोले गतिलो सन्देश दिने प्रयास गरेको छ। अगामी कात्तिक ३० गतेबाट अल नेपाल रिलिज हुने फिल्ममा सुरेश उप्रेती, दुर्गा साउन, विकाश चापागाईं, दीक्षा आचार्य सापकोटा, मुना प्रसार्इं, दीपक डोटेल, सपना श्रेष्ठ, दीपक अधिकारी, जीवन कुईंकेल, सञ्जय न्यौपाने, अनु ढुंगाना, बाल कलाकार सुयोग उप्रेतीलगायतले अभिनय गरेका छन्। झापा, इलाम र काठमाडौंमा छायांकन गरिएको फिल्म यशोदा उपे्रती र अर्जुन उप्रेतीले निर्माण गरेका हुन्।

फिल्ममा विमल भट्टराईको छायांकन र तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ। फिल्मको निर्माण पक्षले यसअघि कुतु कुतु लाग्यो मलाई, कुतु कुतु बोलको आइटम सङ सार्वजनिक गरेको थियो। गीत दुर्गा साउतले गाएकी छिन्। गीतमा लक्षुप्रकाश मल्लको संगीत र गीता विमल भट्टराईको शब्दरचना रहेको छ। उक्त गीतको आइटम डान्समा गम्भीर विष्टले कोरियोग्राफी गरेका छन्। फिल्ममा २ गीत रहेको निर्देशक आचार्यले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्