शिक्षामा सरकारी लगानीको प्रतिफल अत्यन्त न्यून छ



अनिल केडिया
अध्यक्ष, डीएभी सुशील केडिया विश्व भारती स्कुल
नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रको लगानी बढ्दै गएको छ । त्यसो त सरकारले पनि शिक्षा क्षेत्रमा तुलनात्मक रूपमा अन्य क्षेत्रभन्दा बढी नै लगानी गरिरहेको छ । तर, सरकारको लगानीअनुरुपको प्रतिफल भने न्यून रहेको स्थिति छ ।

नेपालको शिक्षा क्षेत्रको पछिल्लो अवस्था, निजी क्षेत्रको सहभागितालगायतका विषयमा लामो समयदेखि शिक्षा क्षेत्रको विकासमा समर्पित डीएभी सुशील केडिया विश्व भारती स्कुलका अध्यक्ष अनिल केडियासँग नेपाल समाचारपत्रले गरेको कुराकानी:

नेपालको शिक्षा क्षेत्रको हालको अवस्था कस्तो देख्नु भएको छ ?
नेपालको वर्तमान शिक्षाको अवस्था बारे भन्नु पर्दा ६० लाख विद्यार्थी प्राथमिक तहमा भर्ना भएर प्लस टु सम्म आइपुग्दा ४ लाख ५० हजारको हाराहारीमा पुगेको हुन्छ ।

हाल डी र ई ग्रेडमा पास हुनेको संख्या करिब ६० प्रतिशत छ । वर्षेनी एक लाख विद्यार्थी नेपालबाट बाहिर जान्छन् । यी सबै कुराले वर्तमान शिक्षाको अवस्था कस्तो छ भन्ने आफैं बुझ्न सकिन्छ । प्रष्ट शिक्षा नीति हुन नसक्दा नेपालको शिक्षा क्षेत्रको विकास खासै हुन सकेको देखिंदैन । आफ्नै देशमा उत्कृष्ट शिक्षा दिने शिक्षालयमा विद्यार्थी भर्ना गर्न प्रेरित गर्नुको सट्टा विदेशमा गएर अध्ययन गर्नुपर्ने वातातरण सरकारले नै किन बनाइरहेका हुन् बुभ्mन सकिएको छैन ।

नेपालको शैक्षिक क्षेत्रको विकासमा निजी क्षेत्रले के–कस्तो योगदान गरेको छ ?
देशमा निजी क्षेत्रले राम्रो मात्र होइन अति राम्रो योगदान गरेको छ । वर्तमान अवस्थामा करिब २५ लाख विद्यार्थी निजी क्षेत्रमा पढ्ने गरेकै बाट पनि यसको पुष्टी हुन्छ। यो क्षेत्रमा ३ लाख कर्मचारीले रोजगारी पाएका छन् । तथ्यांक हेर्दा निजी क्षेत्रले ५ खर्बभन्दा बढी लगानी शिक्षा क्षेत्रमा मात्र गरेका देखिन्छन् ।

वर्तमान अवस्थामा करिब २५ लाख विद्यार्थी निजी क्षेत्रमा पढ्छन् । यो क्षेत्रमा ३ लाख कर्मचारीले रोजगारी पाएका छन् । तथ्यांक हेर्दा ५ खर्बभन्दा बढी लगानी शिक्षा क्षेत्रमा गरेका छन् ।

देशमा सहज वातावरण सिर्जना भए अझै लगानी बढाउन निजी क्षेत्र उत्सुक छन् । अधिकांश महिला शिक्षिका तथा कर्मचारीका रुपमा शिक्षा क्षेत्रमा कार्यरत छिन् । गुणस्तरीय शिक्षाका कारण निजी शिक्षण संस्थामा अध्ययन गर्ने मध्य करिब ८५ प्रतिशत उत्तीर्ण हुने गरेका छन् । यसलाई हेर्दा पनि निजी क्षेत्रले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान गरेको प्रष्ट हुन्छ । सरकार आफंैले पनि निजी शिक्षण संस्थाको कारण देशको शैक्षिक अवस्थामा सुधार ह“ुदै गैरहेको कुरा स्वीकार्न थालेको छ ।

सरकारले थप के ग¥यो भने निजी शिक्षा क्षेत्रको अभैm सुधार हुन सक्ने सम्भावना छ ?
सरकारको नीति स्पष्ट हुन नसकेका कारण शिक्षा क्षेत्रमा धेरै समस्या थपिंदै गएको अवस्था छ । नेपाली विद्यार्थी विदेशिनु पर्ने वाध्यता पनि स्पष्ट नीतिकै अभावले सिर्जना भएको हो । जसका कारण अनावश्यकरुपमा मुलुकको खर्बाै रुपिया“ विदेशमा गइरहेका छन् । यसलाई तत्कालै रोक्नु आवश्यक छ । तसर्थ यसका लागि सरकारले नेपाललाई वल्र्ड एजुकेसन हबको रुपमा विकास गर्दै ठोस योजना ल्याउनु जरुरी भइसकेको छ ।

सर्वप्रथम त शिक्षामा सुधार गर्न पहिला भिजन तयार पार्नुपर्छ त्यसपछि मिसन अनि गोल । यसो भएपछि मात्रै शिक्षा क्षेत्रको विकास सम्भव हुन्छ । शिक्षामा सुधार गर्न हामीलाई प्रकृतिले वरदान दिइसकेकाले अब सरकारको शैक्षिक मैत्री नीति मात्र आवश्यक परेको छ । निजी क्षेत्रकै कारण धेरै विद्यार्थी अझै पनि स्वदेशमै पढ्न रुचाउँछन् । नेपालमा निजी क्षेत्रको शिक्षा वास्तवमै उत्कृष्ट छ ।

त्यसैले पनि निजी क्षेत्रमा पढेर उच्च शिक्षाका लागि भारत तथा अन्य मुलक जा“दा पनि नेपाली विद्यार्थीहरु अब्बल भएर नेपालको नाम राख्न सफल भइरहेका छन् । तसर्थ नेपाल सरकारले ल्याउने शैक्षिक नीति निजी क्षेत्रलाई प्रोत्साहित हुने खालको शिक्षा मैत्री हुुनु जरुरी छ ।

अहिलेको शैक्ष्ँिक अवस्था बारे केही बताइदिनु हुन्छ कि ?
अहिले नेपालको शैक्षिक अवस्था अत्यन्त डरलाग्दो छ । निजी क्षेत्रको विद्यालयलाई धरायसी बनाउने किसिमको नीति छ । निजी क्षेत्रलाई अत्यन्त उच्च कर र अत्याधिक संख्यामा छात्रवृत्ति दिनैपर्ने बाध्यकारी नियमसँगै सरकारबाट कुनै पनि सहुलियत नभएकाले गर्दा वर्तमान शिक्षा नीतिका कारण निजी क्षेत्र पूर्णरूपले धराशयी हुने निश्चित छ ।

यदि नेपाललाई एजुकेसन हबको रुपमा विकास गर्ने हो भने, निजी क्षेत्र बिना यो असम्भव छ । उदाहरणका लागि पश्चिमीराष्ट्रलाई लिन सकिन्छ । विश्वका अधिकांश देशको शिक्षाको विकास निजी क्षेत्रको संलग्नताबाट मात्रै भएको छ ।

तर, हाम्रै देशमा निजी शिक्षण संस्थालाई किन पेलेर लैजाने नीति बनाउने गरिन्छ, बुभ्mन सकिएको छैन । देशको अर्थतन्त्रको विकासमा निजी शिक्षा क्षेत्रले खेलेको भूमिका सरकारले बिर्सिदै गएको छ । निजी शिक्षण संस्थापति सरकारले हेर्ने नजर र सरकारको भूमिका झनझन नकरात्मक हुँदै गएको छ । सरकारले निजी शिक्षण संस्थाको योगदानप्रति विश्वास दिलाउन नसक्दा देशको शिक्षा क्षेत्रको अवस्था बिग्रिँदै जान थालेको संकेत मिलिरहेको छ ।


शिक्षामा नयाँ लगानीकत्र्ताका लागि तपाईं कस्तो सुझाव दिन चाहनु हुन्छ ?
मुलुकमा अब यस क्षेत्रमा नया“ लगानी गर्नु निकै जोखिम हुने देखिरहेको छु। प्हिले लाख रुपिया“ रोपनीमा पाइने जग्गाको मूल्य करोड रुपियाँ आनामा पनि नपाइने भइसक्यो । त्यसमाथि प्रशासनिक खर्च बढेको बढ्यै छ ।

गुणस्तर शिक्षा दिन र विद्यालयको भौतिक सुधार गर्न केही खर्च गर्नेै पर्ने हुन्छ । अतिरिक्त कुराहरुमा अत्यधिक खर्च बढेको छ । त्यसमाथि राज्यको दृष्टिकोण पनि सकरात्मक नरहेकाले लगानीको पैसा समेत उठाउन गाह्रो भइसकेको अवस्था छ ।

त्यसैले सरकारको यही नीति रहिरहने हो भने नेपालमा शिक्षा क्षेत्रमा नया“ लगानी जोखिममा पर्ने देखिरहेको छु । जबसम्म सरकारले गुणस्तरीय शिक्षाको विकासमा निजी क्षेत्रको सहकार्य महसुस गरेर यस क्षेत्रमा लगानी गर्ने वातावरणको सिर्जना गर्दैन, तबसम्म यस क्षेत्रमा ढुक्क भएर लगानी गर्नसक्ने स्थिति कमसेकम म देख्दिनँ ।

हाल शिक्षाको बजेट कस्तो छ र कस्तो हुनुपथ्र्यो ?
यस क्षेत्रको विकासका लागि बजेटले ठूलो महत्व राख्ने भएकाले नीति नै ठीक नभएसम्म बजेटको केही अर्थ ह“ुदैन । सरकारकै सामान्य आँकडालाई आधार मान्दा पनि सरकारी लगानीको प्रतिफल अत्यन्त न्यून पाइएको छ । शिक्षामा बजेट ल्याउ“दा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने खालको हुनुपर्छ । सरकार लक्षित बजेटले मात्र समग्र शिक्षाको विकास सम्भव छैन ।

नेपालको शिक्षा कतिको प्रयोगात्मक छ ?

सर्वप्रथम त विद्यार्थीको होलेस्टिक डेभलपमेन्ट हुनुपर्छ । विद्यार्थीको समग्र एवम् सम्पूर्ण विकासनै शिक्षाको मूलमन्त्र हुनुपर्छ ।

हाल ग्रेडिङ प्रणालीले शिक्षाको स्तर झन तल खस्किएको छ । भारतलेसमेत अहिले ग्रेडिङ प्रणाली हटाइसकेको छ । हामीले पनि पुरानै पद्दतिमा फर्केको राम्रो ।

नेपालको विद्यार्थी कस्तो स्कुलमा पढेर गएको छ भन्ने विषयले ठूलो अर्थ राख्छ । राम्रा स्कुलबाट पढेर गएका र नराम्रो स्कुलबाट पढेर गएका विद्यार्थीको शैक्षिक स्तरमा आकाश जमिनको फरक हुन्छ ।समग्रमा भन्नुपर्दा पछिल्लो समय नेपालको शिक्षा प्रयोगात्मक ह“ुदै गएको छ । यसो हुनुको प्रमुख कारण पनि सरकारी शिक्षण संस्थाको तुलनामा निजी क्षेत्रले प्रयोगात्मक शिक्षालाई मुख्य प्राथमिकता दिएकै कारण हो भन्दा फरक पर्दैन ।

हाल ग्रेडिङ प्रणालीले शिक्षाको स्तर झन तल खस्किएको छ । भारतलेसमेत अहिले ग्रेडिङ प्रणाली हटाइसकेको छ । हामीले पनि पुरानै पद्दतिमा फर्केको राम्रो । एचआरडी (शिक्षक) को प्रशिक्षण तथा सम्पूर्ण प्रणलीको विकास अति नै मह“गो छ । सरकारले ग्रेडिङ प्रणालीको लागि चाहिने पूर्वाधारको विकास नगरी लागू गरेको हुनाले नै यसले सोचे अनुसारको परिणाम दिन नसकिएको हो कि भन्ने लागिरहेको छ ।

हाल देखिएको परम्परागत शिक्षालाई सुधार गर्न कस्तो मेथड अपनाउनु पर्ला जस्तो लाग्छ?
अहिलेको शैक्षिक प्रणालीलाई हेर्दा जति हामीले सुधार ग¥यो उति उल्टोे भइरहेको हो कि भन्ने लागिरहेको छ । हामी अहिले न घर न घाटको स्थितिमा छौं। विदेशीलाई हेरेर त्यताको शिक्षा नेपालमा थोपर्नुु ठीक होइन जस्तो लाग्छ ।
चेन्ज फर द सेक अफ चेन्जु ले नेपाललाई अधोगतिमा लैजान्छ । हामीले आफ्नो देश सुहाउ“दो, आफ्नो क्षमता र धरातललाई ध्यानमा राखेर विश्वमा भएको विकासलाई परिणममुखी रुपमा अवलम्बन ग¥यौं भने मात्र सफलता निश्चित हुन्छ ।


डीएभी स्कुलको स्थापना र यसको इतिहास बारे पनि केही बताइदिनु हुन्छ कि ?
यो स्कुलको स्थापना वि.सं. २०२५ साल अर्थात सन् १९९३ भएको हो । शुरुदेखि नै गुणस्तरीय शिक्षामा जोड दिइएका कारण यो विद्यालयले अहिले नेपालकैे उत्कृष्ट मध्येको एक विद्यालयको पहिचान बनाउन सफल भएको छ ।

यस विद्यालयअन्तर्गत हाल ललितपुर, विराटनगर, वीरगन्ज र हरिऔनमा छुट्टै विद्यालयहरु सञ्चालित छन् । यो विद्यालयमा प्लेग्रुप, नर्सरीदेखि स्नाकोत्तरतहसम्मको पढाइ हुन्छ । हाम्रो शिक्षालयअन्तर्गत करिब १५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । सन् १९९५ अक्टोबर ६ तारिखमा दिवंगत भएका भाइ सुशील केडियाको नाममा सञ्चालन भएको डीएभी सुशील केडिया विद्यालयको आम्दानीको केही मात्रा समाजसेवाको लागि खर्चिने गरेका छाैं ।

यस विद्यालयबाट आम्दानी भएको रकम हामीले विद्यालयकै गुणस्तर सुधारका लागि खर्च गर्ने गरेका छांै । आफ्नै भवन रहेको विद्यालयको कमाई शिक्षा क्षेत्रमा हामीले दिएको गुणस्तरीयताकै परिणाम हो भन्न पाउँदा हामीलाई अत्यन्त गर्व लाग्छ ।

तपाईको शिक्षण संस्था कतिको प्रविधियुक्त छ ?
वर्तमान र भविष्यको आवश्यकतालाई समेत ध्यानमा राखेर डीएभीले विगत एक दशकदेखि डेडिकेट आईटी विभाग सञ्चालन गरेको छ । २० जना दक्ष जनशक्तिद्धारा सञ्चालित यस आईटी सेलले वर्तमान परिप्रेक्षमा विश्वमा भएका प्रविधिको विकासलाई अवलम्बन गरेर विद्यार्थी लाई लाभान्वित गरिरहेको छ ।

अहिलेका रोबोटिक युगमा शिक्षालाई सान्दर्भिक बनाई राख्न हामीले यस विद्यालयका विद्यार्थीलाई इन्टलेक्चुअल, स्पिच्युरल र इमोस्नल स्किल जस्ता ह्युमेन सेन्ट्रिक स्किल प्रदान गरिरहेका छांै ।

एक अध्ययनअनुसार सन् २०२५ सम्म रोबोर्ट एवम् मेसिनद्वारा गरिने काम २९ प्रतिशतबाट ५० प्रतिशतसम्म पुग्ने देखाएको छ । यो आर्टिफिसियल इन्टलिजेन्स (एआई) र रोबोर्टको विकासले सम्भव भएको छ ।


तसर्थ, यस्तो सन्दर्भमा रोजगार बजारमा हुयुमेन सेन्ट्रिक स्किल भएको विद्यार्थीले मात्र आफ्नो स्थान सुरक्षित गर्न सक्छन् ।

डीएभीले ह्युमेन सेन्ट्रिक स्किलका साथै विद्यार्थीको क्रिटिकल थिङकिङ, क्रियटिभिटी एन्ड कोल्याब्रेसन जस्ता क्षमता विकासमा विशेष ध्यान दिएको छ । अहिलेको अवस्थामा विद्यार्थीलाई समस्या समाधानका क्षमता र सञ्चार स्किल नितान्त आवश्यक रहेको छ । अहिलेको अवस्थामा यी ज्ञान नभएका विद्यार्थीहरु युद्धभूमिमा हतियार बिनाको योद्धाजस्तै हुने छन् । यस हिसाबले पनि डीएभीले यस्ता क्षमताका विषयलाई पाठ्यक्रममै समावेश गरेर विद्यार्थीहरुलाई शिक्षित गरिरहेको छ ।

अन्य विद्यालयको तुलनामा यस विद्यालयय के कुरामा भिन्न छ ?
अहिले विद्यार्थीमा एटिच्युट एवम् इथिक्सको टड्कारो आवश्यकता देखिएको छ । यसको प्रमाण आईआईएम इन्डियाले गीतालाई आफ्नो पाठ्यक्रममा राख्नुले दिन्छ । यही कारणले यस विद्यालयले एटिच्युट एवं इथिक्सलाई स्थापनाकालदेखिनै अंगाल्दै आएको हो।

यसै कारणले पनि आज यो विद्यालय यति उचाईसम्म आइपुगेर विश्वमा उत्कृष्ट बन्न सफल भएको छ । साथै इस्टिर्न हर्ट र वेष्टर्न माइन्डको मिलाप गरेर अघि बढेको डीएभीले संस्कृत भाषा र संस्कृतिलाईसमेत विषेश स्थान दिएको छ । सम्पूर्ण भाषाको मूल नै संस्कृत भाषा भएकाले संस्कृत भाषा जान्नु र बुझ्नु अत्यन्तै आवश्यक भएकैले संस्कृत भाषालाई डीएभीले मुख्य पाठ्यक्रममा समावेश गरेको हो ।

तपाईको शैक्षिक र पारिवारिक पृष्ठभूमि
मैले वीरगन्जको त्रियुद्ध माविबाट एसएलसी गरेको हुँ, अध्ययनको सिलसिलामा बम्बई (हालको मुम्बई) बाट बिकम अनर्स सम्पन्न गरेँ । मेरो परिवारमा आमा, श्रीमती, दुई छोरी र एक छोरा छन् । हामी दाई र भाउजुस“ग बस्छौ । उहा“हरुको पनि दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्