अक्सफोर्ड अंग्रजी शब्दकोषमा तीनसय नयाँ शब्द



लन्डन,(एजेन्सी)
अक्सफोर्ड अंग्रेजी शब्दकोष ( ओइडि ) मा राखिएक पछिल्ला झण्डै तीनसय वटा शब्दमा

‘ फ्याम ’ र ‘ नथिंगवर्गर ’ पनि परेका छन् । परिवारको छोटकरी अर्थको रुपमा फ्याम पहिलो पटक सोह«ौं शताब्दिमा प्रचलनमा आएको थियो । अहिले आएर यो शब्दले ठेट बोलीचालीमा निकटका साथीहरु वा नातेदारको अर्थ दिने गरेको छ ।

यसैगरी नथिंगवर्गरले कम महत्वाका कुनै व्यक्ति वा वस्तुलाई जनाउने गरेको छ । नयाँ शब्दका रुपमा ‘ अल्ट–राइट ’ , ‘ टारान्टिनोएस्क्यु ’ र ‘ इडिओक्रेसी ’ ले पनि प्रवेश पाएका छन् । ओइडिका अनुसार करिव नब्बेको दशकमा प्रायगरी अमेरिकी हिपहपमा फ्यामलाई स्ल्यान्गको रुपमा निकै प्रयोग गरिने गरिन्थ्यो । त्यसपछि यो शब्द नातेदार जनाउनका लागि मात्र प्रयोग हुनथाल्यो । विस्तारै यसलाई निकटका साथीहरु वा कुनै विशेष समुहका सदस्यहरुलाई जनाउन पनि प्रयोग हुन थालेको हो ।

यसले एक वा एक भन्दा बढि मानिसलाई इंगित गर्न सक्छ । ओइडिले अहिले यो शब्दलाई निकै महत्व सहित संयुक्त अधिराज्यको विशेषगरी राजधानी लन्ड र सामाजिक संजालमा प्रयोेग हुने गरेको जनाएको छ । लन्डनका कलाकारहरु जस्तै स्केप्टा , स्टोम्र्जी र लेथल बिजलले आफ्नो ग्रन्ज गीतहरुका फ्यामको प्रयोग गरेका छन् ।

यस शब्दलाई पहिलो पटक सन् १९५३ मा हलिवुड खवरका एकजना स्तम्भकारले प्रयोग गरेका थिए । त्यसैगरी इडिओक्रेसीको अर्थ अशिक्षित र मुर्ख जनता मिलेर बनेको सरकारद्वारा शासित समाज भन्ने हुन्छ । अल्ट–राइट भने ‘ अल्टरनेटिभ राइट’ को छोटो रुप हो । केहि वर्ष यता यो शब्द संयुक्त राज्य अमेरिकामा व्यापक रपमा प्रयोग हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्