नितम्व सुन्दर बनाउँदा दुई वेलायतीको मृत्यु



लन्डन,(एजेन्सी)
उमेर चढ्दै गएपछि महिलाहरु आफ्ना ैप्रति बढि सजग र चिनितत हुनु स्वाभाकि हो । आफ्ना शरिरका सबै अंग सँधै उत्तिकै सेक्सी देखियोस् भन्ने उद्देश्यले महिलाहरुले प्लास्टिक सर्जरीको सहयोग लिने गरेका छन् ।

यसै क्रममा नितम्वलाई अझ ैआकर्षक र पुष्ट बनाउने गरिने शल्यक्रिया निकै खतरनाक हुने पछिल्ला ेघटना सुनिने गरेको छ । हालै मात्र यस्तो शल्यक्रिया अर्थात ‘ ब्राजिलियन बट लिफ्ट ’ शल्यक्रियाको दोश्रो वेलायती महिलाको ज्यान गएको वीवीसीले पत्ता लगाएको छ ।

ब्रिटिस एसोसियसन अफ एस्थेटिक प्लास्टिक सर्जन्स ( बाप्स ) ले यो सबैभन्दा खतरनाक कस्मेटिक शल्यक्रिया भएको जनाएको छ । यो शल्यक्रियालाई सेलेबिंटीहरुले लोकप्रिय बनाइदिएका हुन् ।

बाप्सले थुप्रै मानिसले विदेशमा यो सस्तो प्रक्रिया अपनाएर आफ्ना ज्यान खतरामा पारिरहेको चेतावनी दिएको छ । ब्राजिलियन बट लिफ्ट ( बिबिएल ) कस्मेटिक प्रक्रिया अनुसार शरिरको कुनै अंगबाट झिकिएके बोसो नितम्व भित्र राखिने गरिन्छ । बाप्सले वीवीसीको भिक्टोरिया डर्विसायर कार्यक्रममा यस शल्यक्रियाको जटिलताको कारण प्रत्येक वर्ष विश्वमा तीन हजार मध्ये एकजनाको ज्यान जाने गरेको बताएको छ ।

गत अगष्टमा टर्कीमा बिबिएल शल्यक्रिया गराउने क्रममा २९ वर्षिया लिह क्यामब्रिजको ज्यान गएको थियो । यसैगरी यसैवर्ष करिव बिस वर्षिया वेलायती युवतीको पनि यसै कारण ज्यान गएको बाप्सले जनाएको छ ।
बाप्सका सदस्य तथा कन्सल्टन्ट प्लास्टिक सर्जन गरार्ड लाम्वेले मुटु र मस्तिष्कासंग जोडिएको नितम्वका लामा नसाहरुमा बोसो राख्दा आइपर्ने खतराको कारण महिलाहरुको मृत्यु हुने संभावना धेरै भएके बताएका छन् ।

आफ्नो नाम बताउन नचाहने वेल्स निवासी २३ वर्षिया युवतीले बताएकीछिन् , ‘ गत फेब्रुअरीमा टर्कीमा बिबिएल शल्यक्रिया गराएपछि आफ्नो ज्यानलाई लिएर म निकै डराएँ । शल्यक्रियाको तीन महिला पछि मेरा नितम्वमा पलहरु देखापरे । मलाई राम्ररी हिंड्न पनि कठिन भयो । तर ति प्वालहरुबाट बोसो चुहिन थालेपछि भने मलाई सन्चो र हिंड्न सजिलो महसुस भयो ।

त्यसरी बोसो चुहिँदा तीन महिना सम्म मेरो लुगा भिज्यो । बोसो गन्हाउने पनि भएकले म दिनहुँ ब्यान्डेज गराउँथे । अन्त्यमा मलाई शल्यक्रिया गारई बेकारमा पैसा गुमाएको जस्तो लाग्यो । ’

प्रतिक्रिया दिनुहोस्