इन्टरपोलका अध्यक्ष वेपत्ता



पेरिस,(एजेन्सी)
फ्रान्सले अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोलका चिनिया अध्यक्ष मेंग होंगवेइ वेपत्ता भएके विषयमा अनुसन्धान थाल्ने भएको छ । प्रहरीका अनुसार गत साता चीन भ्रमणका लागि फ्रान्सको लियोन शहर स्थित इन्टरपोलको प्रधान कार्यालय छोडे यता उनी सम्पर्क विहिन हुन पुगेको उनको परिवारले जनाएको छ ।

फ्रान्सेली अनुसन्धान टोलि निकटको एक सुत्रले उनी फ्रान्समा वेपत्ता नभएको एएफपि समाचार निकायलाई बताएको छ । मेंग चीनको सत्तारुढ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारी हुन् ।

उनी दुई वर्ष अघि इन्टरपोलको अध्यक्षमा निर्वाचित भएक थिए । उनका पत्नीले प्रहरी समक्ष उनी हराएको उजुरी गरेपछि अनुसनधान शुरु भएको हो । इन्टरपोलमा प्रवेश गर्नुअघि उनी चीनको जन सुरक्षा मामिला उप मन्त्री रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्