‘इन्जिनियरहरुलाई काम गर्न अहिले स्वर्णिम अवसर हो’



उद्धवराज चौलागाई
कार्यकारी निर्देशक, इन्भारोमेन्ट एण्ड रिसोर्स मेनेज्मेन्ट कन्सल्टेन्ट (इआरएमसी)

‘सुखी नेपाली समृद्ध नेपाल’को नारा सरकारले अगाडि सारेको छ । सरकारले समृद्धिको लागि भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ ।

देशभित्रका जति पनि आयोजनाहरु ती सबै परामर्शदाता कम्पनीहरुले नै गर्दै आएका छन् । नेपालको निर्माण क्षेत्रका तीन प्रमुख निजी निकायहरु सरकार, निर्माण व्यवसायीहरु र कन्सल्टेन्टको बीचमा समन्वयमा भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ । विभिन्न परियोजनाबारे ड्रइङ, डिजाइन र त्यस अनुसारका लागत खाका समेत दिन सक्ने ‘कन्स्ट्रक्सन–ब्रेन’ का रुपमा चिनिने कन्सल्टिङ इन्जिनियरिङ क्षेत्रले नेपालको पूर्वाधार निर्माण महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा परामर्शदाताको अनुभव, संघीय संरचनामा निर्माण तथा परामर्शदाता सेवाको सम्भवना कन्सल्टिङ क्षेत्रमा देखिएको छ । नयाँ प्रविधिले पनि चुनौती थप्दै लगेको छ । गुणस्तर निर्धारण र नियमनमा कन्सल्टिङ क्षेत्रका महत्वपूर्ण भूमिका हुने गरेको छ । कतिपय आयोजनाहरुमा सरकार, निर्माण व्यवसायी र कन्सल्टिङ क्षेत्रको समन्वय नहुँदा समयमा नै आयोजना सम्पन्न नहुने, गुणस्तरीय नहुने गुनासो पनि हुने गरेको छ ।

विकास निर्माणको काममा कन्सल्ट्यान्ट कम्पनीहरुको ठूलो भूमिका रहदै आएको छ । हरेक आयोजनाको सुरुवाती चरणको काम नै कन्सल्ट्यान्टबाट हुँदै आएको छ । आयोजनाको ड्रइङ, डिजाइन र इस्टिमेटले नै आयोजना कस्तो बन्दै छ भन्ने कुराको निर्धारण कन्सल्ट्यान्टबाट हुन्छ । निर्माण व्यवसायीले राम्रो काम गर्न नसकेको गुनासो व्यापक रुपमा आइरहेको बेला त्यसको नियन्त्रणका लागि कन्सल्ट्यान्ट थप जिम्मेवारी बनाउनु पर्ने देखिन्छ । निर्माण व्यवसायीलाई सच्याउन सक्ने ज्ञान, सीप र क्षमता कन्सल्ट्यान्ट कम्पनीहरुमा नै हुने गरेको छ ।

निर्माण व्यवसायीहरु घटाघटमा ठेक्का लिने प्रचलन कन्सल्ट्यान्ट कम्पनीहरुमा पनि सरेको छ, जुन कुराले सरकारले प्राप्त गर्ने लक्ष्य हालिस गर्न गाह्रो हुन्छ । निर्माण क्षेत्रमा कन्सल्ट्यान्टको भूमिका प्रभावकारी नहुँदासम्म गुणस्तरी काम हुन सक्दैन । सरकारले बजेटको ठूलो हिस्सा भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा खर्चिएको छ । राष्ट्रको बजेट, राष्ट्रको लाइफ लाइन जस्तो पूर्वाधार निर्माणमा जोडिएका तीन निकाय सरकार, निर्माण व्यवसायी र कन्सल्टयान्ट कम्पनीको बीचमा पनि पर्याप्त समन्वय हुन सकेको देखिदैन ।

विगत १६ बर्षदेखि नयाँ प्रविधिसँग खेल्दै आउनुभएका सोसाइटी अफ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म (स्केफ) का उपाध्यक्ष समेत रहनुभएका परामर्शदाता कम्पनी इन्भारोमेन्ट एण्ड रिसोर्स मेनेज्मेन्ट कन्सल्टेन्ट (इआरएमसी)का कार्यकारी निर्देशक उद्धवराज चौलागाईसँग कन्सल्टेन्ट क्षेत्रमा रहेको समस्या, चुनौती र समाधानको विषयमा नेपाल समाचारपत्रको लागि मधुसूदन रायमाझीले गरेको कुराकानीः–

नेपालमा इन्जिनियरिङ परामर्शदाताहरुको अवस्था कस्तो छ ?
इन्जिनियरिङ परामर्श सेवा भनेको देशको विकासको गतिविधिमा काम गर्ने मुख्य अंग हो । हामीले यसलाई ‘थ्री सी’ को रुपमा व्याख्या गरेका छौं । पहिलो क्लाइन्ट, जसले कुनैपनि आयोजनाका लागि पैसा खर्च गर्छ ।

दोस्रो कन्ट्राक्टर, जसले विकासको काम गर्नका लागि भूमिका खेल्छ र तेस्रो कन्सल्टेन्ट, जसले विकासका कामहरु सवैको अध्ययन गर्छ, फिजिवल छ की छैन भनेर अध्ययन गर्छ । त्यसपछि सर्भे, डिजाइन विभिन्न चरणमा अध्ययन गर्छ । त्यसमा वातावरणीण अध्ययन, जियोटेक्निकल लगायतका सर्भेहरु गर्छ । त्यसपछि फाइनान्सियल रुपमा आयोजना ठिक छ कि छैन भनेर त्यसको लागत, बजेट तथा समग्र आयोजना निर्माण गर्न ठिक छ की छैन भनेर विस्तृत परियोजना प्रतिवेद (डिपिआर) को काम गर्ने गर्छ । नेपाली परामर्शदाता र नेपाली इन्जिनियरहरुलाई कामको अभाव छैन् ।

–हामीले देशको समृद्धिको लागि पहिलो कुरा त रोजागरी सृजना गरिहेको छौ । भौतिक पूर्वाधार निर्माणमा विभिन्न विधाका इन्जिनियर र प्राविधिक जनशक्ति आवश्यता पर्छ । हामीले सरकारलाई आवश्यक पर्ने एक्सपोट परामर्श सेवा मार्फत सर्भे, डिजाइन, सुपरभिजन लगायतको काम गर्दै आइरहेका छौं । सुरुका दिनमा इन्जिनियरहरुले रोजगारी नै नपाउने अवस्था थियो । नेपालमा सबै क्षेत्रमा परामर्श सेवा दिन सक्ने दक्ष प्राविधिक उत्पादन गर्ने, विदेश पलायन भइरहेका इन्जिनियहरुलाई नेपालभित्र नै राख्ने गरी सकारात्मक काम परामर्शदाताहरुले गरिरहेका छन् ।

कन्सल्टेन्ट क्षेत्रमा देशभित्र अझै आवश्यक दक्ष जनशक्ति छैन, भएका इन्जिनियरहरु पनि विदेश पलायन हुने क्रम छ भन्छन नि ?
–हामीले देशभित्र उत्पादन हुने इन्जिनियहरु विदेश पलायत हुन नपरोस भनेर नै कम्पनी स्थापना गरेका हो । यस बीचमा हामीले रोजगारी सृजनासँगै धेरै क्षेत्रमा काम गर्न सफल पनि भयौ । हामीसँग अनुभव र जनशक्ति पनि छ ।

नेपालको भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा आवश्यक पर्ने सबै जनशक्ति छ । विमानस्थल र जनलविद्युत आयोजना निर्माण गर्नको लागि २५ जना भन्दा पनि विभिन्न विधाका जनशक्ति चाहिन्छ । त्यो जनशक्ति हामीसँग छ । हामीले हाम्रो अनुभवले नपुगेको अवस्थामा अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि इन्जिनियर र प्राविधिक जनशक्ति ल्याएर काम गर्ने गरेका छौं ।

परामर्शदाता कम्पनीहरुले आफूले जानेको ज्ञान, सिपलाई भरपुर उपयोग गर्दै विकास निर्माणको कार्यक्रममा सहयोग गरिरहेका छन् । नेपालमा उत्पादन भएका इन्जिनियहरुलाई देशभित्र नै रोजगारी सृजना गर्न सकिन्छ ।

हाम्रो उदेश्य छ, नेपालमा जति पनि इन्जिनियर उत्पादन भएका छन । आज भारत र चीनका इन्जिनियरहरु संसारभर पुगेका छन् । त्यसैगरी नेपालको झण्डा लिएर विश्वभर नेपाली कम्पनी मार्फत इन्जिनियहरु जान सक्छन् । त्यसको लागि केही मेहनत भने नेपालका इन्जिनियहरुले गर्नुपर्छ ।

अब नेपालका इन्जिनियरहरु लेबरको रुपमा काम गर्न जाने होइन, इज्वतको साथ आफ्नो दक्षता योग्यता र क्षमता लिएर अन्र्तराष्ट्रिय क्षेत्रमा काम गर्न जानुपर्छ । हामीले विभिन्न देशहरुमा अहिले परामर्शदाताको रुपमा काम गरिरहेका छौं ।

नेपाली इन्जिनियहरुको अनुभव अन्तर्राष्ट्रियस्तरमा पु¥याउनको लागि इआरएमसी कम्पनी नै स्थापना गरेर काम गरेका छौं । अहिले हाम्रोे कम्पनीसँग सडक, जलविद्युत आयोजना, खानेपानी, शहरी विकास, विमानस्थल लगायतको क्षेत्रमा काम गर्ने पाँच सयदेखि एक हजार इन्जिनियरहरु हुनुहुन्छ । ७७ जिल्लामा नै विभिन्न आयोजनमा काम गरिरहेका छौं ।

–नेपालको झण्डा लिएर विश्वभर नेपाली कम्पनी मार्फत इन्जिनियहरु जान सक्छन्
–सरकार, कन्टयान्टर र कन्सल्टेन्ट तीनै पक्ष जिम्मेवार भएको अवस्थामा गुणस्तरीय काम गर्न सकिन्छ
–नेपाली इन्जिनियहरुले बुद्धी बेचेर अरबौ डलर नेपाल भित्र्याउन सक्छन ।
– झण्डै ७० प्रतिशत इन्जिनियरहरु परामर्शदाता कम्पनीमा काम गरिरहेका छन

सरकारले अगाडि सारेको समृद्धिको सपना काार्यन्वयन गर्न परामर्शदाताको मुख्य भूमिका रहने देखिन्छ । तर आयोजनाहरुमाथि बारम्बार गुणस्तरको प्रश्न उठने गरेको छ नि ?
–भौतिक पूर्वाधार निर्माणको लागि पहिलो कुरा इन्जिनियरिङ परामर्श फर्म र त्यसमा रहेको इन्जिनियरहरुले सर्भेमा गुणस्तर, प्लानिङ र डिजाइनमा गुणस्तर गरेन भने भौतिक पूर्वाधार निर्माणको काम गुणस्तर हुँदैन । सर्भे, प्लानिङ, डिजाइन, कस्ट स्टामेट गुणस्तर हुनु नै पर्छ ।

त्यसपछि त्यही डिजाइनमा कस्तो आयोजना बनाउने खुलाइको हुन्छ । आयोजना निर्माणको क्रममा सुपरभिजनको काम इन्जिनियरहरुले नै गर्छन । पराशर्मदाता इन्जिनियर र अर्थात सरकारको आफ्नै इन्जिनियरहरुले गर्ने गर्छन । त्यसमा पनि इन्जिनियरहरुकै ठूलो भूमिका रहने भयो । डिजाइनमा भएको र डिजाइनमा खुलाइएको गुणस्तर अनुसारको काम गर्ने गराउने जिम्मेवारी बढी इन्जिनियरहरुकै हुन्छ । यसमा निर्माण व्यवसायी, परामर्शदाताहरुले गुणस्तरीय काममा ध्यान दिनुपर्छ । सरकारले पनि अनुगमनलाई प्रभावकारी बनाउनु पर्छ । सरकार, कन्टयाक्टर र कन्सल्टेन्ट तीनै पक्ष जिम्मेवार भएको अवस्थामा गुणस्तरीय काम गर्न सकिन्छ ।

नेपालका इन्जिनियरहरु किन विदेश पलायन हुन्छन ?
नेपाली इन्जिनियरहरु केही राम्रो अवसर पाउनेवित्तिकै विदेशमा जाने गरेका छन् । यसमा सरकारको पनि केही दोष देखिन्छ । कम्पनीहरुले यही क्षेत्रमा भविष्य छ भनेर इन्जिनियरलाई विश्वस्त पार्न सक्नुपर्छ र मुख्य कुरा भनेको तलब तथा सेवा सुविधा नै हो ।

राज्यले पनि सिकाइदिनु प¥यो । समाजले पनि भनिदिनु प¥यो । इन्जिनियर हुनको लागि राज्यले पनि लगानी गरेको हुन्छ । त्यो लगानी त उसले तिर्नु प¥यो नि । २२ देखि २५ बर्षसम्म देशले नै पढाएको हो । यही भूमिमा पढेको हो । त्यसपछि राज्यप्रति दायित्व निर्वाह गर्नु प¥यो । नेपालमा नै जन्मिएर नेपालको लागि केही पनि नगर्ने त भएन नि । नेपालमा अध्ययन ग¥यो । आफूले जानेको सीप र दक्षतलाई अन्यत्र लगेर प्रयोग ग¥यो । थोरै भए पनि राष्ट्रको लागि योगदान गर्नु प¥यो । यो कुरा प्राथमिक तहदेखि उच्च शिक्षासम्म नै जानकारी दिनु प¥यो ।

नेपालमा नै परामर्शदाता कम्पनीहरु स्थापित गरेर विदेश जाने हो भने हजारौ इन्जिनियरहरु अन्तर्राष्ट्रिय जगतमा काम गर्न सक्छन् । संसारभर जहाँ पनि काम गर्न पाउछन । अरु देशमा किन जानु प¥यो । उदाहरणको लागि नेपालबाट युगाण्डामा प्रोपजल विड गरेर काम गरेर हेटक्वार्टर नेपाल नै बनाएर नेपालमा नै डलर आम्दानी गर्न सकिन्छ । यसो गर्न सकियो भने विदेशको टेक्नोलोजी नेपालमा भित्र्याउन सकिन्छ । अर्को नेपालमा अरबौ डलर आम्दानी गर्न सकिन्छ । नेपाली इन्जिनियहरुले बुद्धि बेचेर अरबौ आम्दानी गर्न सक्छन् ।

अहिले लाखौ युवाहरु श्रम बेचेर खाडीमा पैसा कमाइरहनुभएको छ । इन्जिनियहरुले बुद्धि बेचेर पैसा कमाउन सक्छन । हामीले बुद्धि बेचेर अरुको लागि पैसा कमाइदिएका छौं । अहिले विदेश पलायन भएर डलर कमायौ त भन्छौ । तर अरु देशको लागि मात्र कमाइदियो । इन्नियरहरुले पनि देशभित्रै बसेर राष्ट्रको लागि योगदान दिन सक्छन ।

नेपाली इन्जिनियरहरु देशभित्र सम्भावना नदेखेरै विदेश पलायन भएका हुन ?
–अहिलेको पुस्तालाई के भ्रम छरिएको छ भने परिवार र समाजभित्रैबाट नेपालमा केही गर्न सकिदैन । नेपालमा पनि राम्रो सम्भावना छ । इन्जिनियर र प्राविधिहरुको लागि अहिले काम गर्नको लागि नेपाल स्वर्ण भूमि हो । पैसा कमाउनको लागि अन्य व्यवसाय पनि छ । देशभित्र भर्खर भौतिक पूर्वाधार निर्माणको काम सुरु भएको छ । हजारौ किलोमिटर सडक बनाउनु छ ।

हजारौ किलोमिटर रेल मार्ग बनाउनु छ । हजारौ किलोमिटर सुरुङमार्ग बनाउनु छ । अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु छ । अब गाउँगाउँमा पर्यटकीय क्षेत्रको गुरु योजना बनाउनुछ । केबलकार निर्माण गर्नु छ । हजारौ मेगावाट जलविद्युत आयोजना निर्माणको क्षेत्रमा काम गर्नु छ ।

काममा प्रतिस्पर्धा त हुन्छन नै । जो राम्रो छ उ अगाडि आउछ । देश भर्खरै विकासको गतिमा अगाडि लम्किन थालेको छ । नेपालमा जतिपनि काम हुन बाँकी रहेको छ त्यसको प्रत्यक्ष फाइदा भनेको परामर्शदाता कम्पनी र इन्जिनियरहरुको नै रहेको छ । फिजिविलिटी, वातावरणीय अध्ययन, डिपिआर त्यसपछि अनुगमन र त्योभन्दा पछि आयोजना सञ्चालनसम्मका लागि यो अत्यन्त राम्रो र उपयुक्त क्षेत्र हो ।

तपाईहरुले अहिले कुन–कुन आयोजनामा काम गरिरहेको छ ?
विगत १६ बर्षदेखि कम्पनी स्थापना गरेर नै सरकारलाई लगातार सहयोग गर्दै आएका छौं । हामीले पूर्व–पश्चिम रेल मार्ग, नेपालको ठूला जनलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन, लगायतको काम गरिरहेका छौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय कम्पनीसँग मिलेर काम भइरहेको छ, गौतम बुद्ध अन्तर्राष्ट्रि विमानस्थलमा पनि अन्तर्राष्ट्रिसँग साझेदारी गरेरकाम गरिरहेका छौ, त्यसैगरी पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय कम्पनीसँग सहकार्य गरेर हाम्रो नेतृत्वमा काम भइरहेको छ ।

हामीले डिजान र सुपरभिजन गरी पाँच सय भन्दा बढी आयोजनामा अहिलेसम्म काम गरेका छौं । १३ सय किलोमिटर सडकको डिजाइन पनि भर्खर सम्पन्न गरेका छौं । झण्डै २ हजारको कन्ट्रक्सनको सुपरभिजनको काम गरेका छौं । दुई सय भन्दा बढी पुलको डिजाइन गरिसकेका छौं ।

चतराको पुलको सुपरभिजन हाम्रो कम्पनीले गरेको हो । पूर्व–पश्चिम रेल मार्गको सर्भे र डिजाइनको काम पनि गरिरहेका छौं । पुर्व–पश्चिम रेल मार्गको तीन सय किलोमिटरको डिपिआरको काममा लागेका छौं । काठमाडौं मेट्रो रेलको फिजिविलिटी स्टडी पनि गरिरहेका छौं । दस हजार मेगावाटको कर्णाली चिसापानी जलविद्युत आयोजनाको ईआईएको काम सम्पन्न गरिसकेका छौं । नेपालमा निर्माण हुन लागेको ठूला जलाशययुक्त आयोजना सुनकोसी दोस्रो र तेस्रोको सम्भाव्यता अध्ययन र ईआईए गरिरहेको छौ ।

नेपालमा मात्र हो कि विदेशमा पनि तपाईहरुले काम गरिहनुभएको छ ?
– विगत चार बर्षदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा काम गर्दै आएका छौं । भुटान, अफ्रिका, युरोपमा काम गरेका छौ । मुख्य हेटक्वार्टर नेपाललाई बनाएर अन्तर्राष्ट्रिय क्षेत्रमा काम गर्ने योजना सहित अगाडि बढेका छौं । युगाण्डामा जलविद्युत आयोजनामा काम गरिरहेका छौं ।


आयोजनाको डिजाइन गर्न हतारो गर्ने तर कार्यान्वयनमा बर्षौदेखि अलपत्र पर्दै आएका छन नि ?
– हाम्रो कम्पनीले पनि थुप्रै आयोजनाको डिजाइन गरेर बुझाएको छ । । तर कार्यान्वयनमा जान सकेको छैन् । यसमा केही कारणले काम गरेको देखिन्छ । पहिलो कारण त पूँजीको अभाव । दोस्रो डिजाइन गर्दागर्दै लगानीकर्ताको खोजी हुनुपर्ने हो । तेस्रो कतिपय आयोजनाहरुमा लगानीकर्ताले छानेर आयोजना लिने गर्छ ।

त्यसकारणले पनि सबै आयोजनाहरु कार्यान्वयनमा नगएको हुन सक्छ । चोथौ कारण राजनीतिक पहुँच पनि हो । सबैले आफ्नो क्षेत्रमा आयोजना पार्नको लागि लविङ गर्ने गरेका छन् । अर्को भनेको टान्समिसन लाइन पनि हो । आयोजनाको डिपिआर तयार भएपनि टान्समिसन लाइनको पहुँच छैन भने लगानीकर्ताले प्राथमिकता दिदैनन् ।

सरकारले करोडौ खर्चिएर आयोजना डिजाइन गर्ने, तर अर्को आयोजना बनाउदा भत्काउनु पर्ने अवस्था पनि सृजना भएको देखिन्छ नि ? यस्तो किन हुन्छ ?
–विगतमा भएका कतिपय सम्भाव्यता अध्ययनलाई सरकारले आफ्नो गुरु योजना अन्तर्गत नराखेको पनि हुन सक्छ । सडक र जलविद्युत आयोजनाको गुरु योजना निर्माण हुने हो अन्य भौतिक पूर्वाधार निर्माण गर्दा त्यसको आधारमा निर्माण हुन्थे ।

उदाहरणको लागि जाइकाले दस वटा मुख्य र बाँकी चालिस वटा साना जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गरेको थियो । अलि अघिसम्म ती आयोजनाहरु बनाउने÷नबनाउने प्राथमिकतामा नै परेन । सरकारले अब जलाशययुक्त आयोजनाहरु बनाउने विषयलाई प्राथमिकतादिएको छ ।

नेपाल निर्माण हुन लागेका आयोजनाको लागि नेपाली इन्जिनियरहरु दक्ष छन कि छैनन ?
देशभित्र दुई थरी आयोजनाहरु छन् । एउटा नेपाली जनशक्तिले मात्र गर्न सक्ने अर्को विदेशी पनि चाहिने । साना–साना सडकको लागि विदेशी चाहिदैन । तर एक्सप्रेस वे, टनेल वे बनाउदा हाम्रो अनुभव त्यसमा पुग्न सकेको देखिदैन । अझै केही समय विदेशी कम्पनी नै नभए पनि एक्सपटहरुको जरुरी छ ।

रेल मार्गको लागि विदेशी इन्जिनियरहरु चाहिन्छ । तर नेपाली इन्जिनियहरुले रेलमार्गमा निर्माण हुने पुलको डिजाइन भने गर्न सक्छन् । जलाशययुक्त आयोजनाहरुमा हाम्रो अनुभव कम छ । ठूला आयोजनाहरुको लागि दसबर्ष भित्र नेपाली इन्जिनियहरु नै सक्षम हुन्छन । त्यसपछि हामीले नै काम गर्न सक्छौ ।

त्यसो भए आगामी दिनमा अब देशभित्र सञ्चालन हुने आयोजनाहरुको लागि विदेशी परामर्शदाताहरु चाहिदैन त ?
–हामीले नै गर्न सक्छौ । सबै आयोजनाहरुमा काम गर्न सक्ने हामी पनि हौं । सबै क्षेत्रमा सबै ठाउँमा प्लान गरेर काम गरिरहेका छौं । अफगानिस्थान कम्बोडिया, लावस, युगाण्डा, रुवाण्डामा अहिले पनि काम गरिरहेका छौं ।

नेपालभित्र १० वटामा प्रतिस्पर्धा हुन्छ भने नेपाल बाहिर हजारौ कम्पनीको बीचमा प्रतिस्पर्धा हुन्छ । हजारौसँग प्रतिस्पर्धा गरेर नेपालीले एउटा काम पाउनु भनेको पनि ठूलो उपलब्धिको कुरा हो । जस्तो अहिले पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा अन्तर्राष्ट्रिय फर्म चाहिने हो तर हामीले नेतृत्व गरेर काम गरिरहेका छौं ।

नेपालका इन्जिनियरहरु निजी क्षेत्रमा नै बढी आकर्षित हुनुको कारण के हो ?
नेपालमा जतिपनि इन्जिनियरहरु रहेका छन् तिनिहरु जाने भनेको सरकारी सेवामा हो । त्यसपछि केहि विश्ववद्यालयमा प्राध्यापन, कन्ट्राक्टर र त्यसपछि परामर्शदाता नै हो । यसवाहेक केहि गैर्हसरकारी संस्था तथा केहि विदेश हो ।

तथ्याङक अनुसार देशभित्र उत्पादन उत्पादन भएका ७० प्रतिशतको इन्जिनियरहरु परामर्शदाता कम्पनीमा काम गरिरहेका छन् । किनकी कुनैपनि आयोजनाको योजना तर्जुमा, डिजाइनिङ, अध्ययन तथा निर्माणदेखी सञ्चालनसम्म इन्जिनियरहरुको आवश्यकता पर्छ । यकिन डेटा नभएपनि करिव ५ देखि १० हजारको हाराहारिमा यो क्षेत्रमा इन्जिनियरहरु कार्यरत रहेका छन् ।

यहाँको कम्पनीको आगामी योजना के छ ?
हामीसँग कामको अनुभव र पर्याप्त जनशक्ति पनि छ । हामीसँग विभिन्न क्षेत्रमा संलग्न इन्जिनियरहरु छन् । जुन सकै आयोजनामा पनि सहभागी गराउन सकिन्छ । हाम्रो मुख्य चुनौती भनेको गुणस्तरीय र भरपर्दो काम गर्ने हो ।

अन्तर्राष्ट्रिय प्रविधिको प्रयोग गर्दै छिटो, छरितो र गुणस्तरीय काम गर्दै जाने र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विस्तार गर्ने योजना सहित काम गरिरहेका छौं । अन्तर्राष्ट्रिय क्षेत्रमा काम गर्नको लागि युनिट नै बनाएर लगानी गरिरहेका छौं । १५ बर्षे योजनाको साथ अगाडि बढेका छौं ।

प्रतिक्रिया दिनुहोस्