नदीमा बस खस्दा काश्मिरमा १२ को मृत्यु



भारत ।
भारत नियन्त्रित काश्मिर, २० असोज ९रासस÷सिन्ह्वा० ः भारत नियन्त्रित काश्मिरमा शनिबार एक सडक दुर्घटना भएको छ । पहाडी इलाकाको चिप्लो बाटोमा यात्रा गरिरहेको एक मिनिबस दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

यात्रुवाहाक सो मिनी बस शनिबार बिहान नदीमा खसेर दुर्घटना भएको अधिकारीले जानकारी दिएका छन् । यस समाचारमा विस्तृत विवरण भने प्राप्त नभएको र यस दुर्घटनामा परी कति व्यक्ति घाइते भएका हुन सो प्रष्ट भएको छैन् ।

पहाडी बाटोमा बस धेरै तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । भारत विश्वको तुलनामा नै बढी सडक दुर्घटना हुने देशको सुचीमा पर्दछ ।
रासस

प्रतिक्रिया दिनुहोस्