चीनको विकास र समृद्धिबाट नेपालले लाभ लिनुपर्नेमा जोड



नेपाल समाचारपत्र
ललितपुर
पाटन दरबार क्षेत्रमा शुक्रबारदेखि नेपाल–चीन मेला शुरू भएको छ। अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रवद्र्धन समाजले सो मेलाको आयोजना गरेको हो।

नेपाल र चीनबीचको जनस्तरको सम्बन्ध मजबुत बनाउने उद्देश्यले आयोजित सो मेलाको एक समारोहकाबीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गर्नुभयो। सो अवसरमा मन्त्री ज्ञवालीले मेलाका माध्यमबाट हुने दुई देशका जनताबीचको सम्बन्धले सरकारी सम्बन्धलाई पनि प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो।

मन्त्री ज्ञवालीले चीनको विकास र समृद्धिबाट नेपालले लाभ पाउन सरकारीस्तरमा भइरहेको पहललाई मेलाले ठोस टेवा दिने पुर्याउने विश्वास पनि व्यक्त गर्नुभयो। ललितपुर क्षेत्र नं ३ का सांसद् पम्फा भुसालले सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई मूर्त रुप दिन मेला सहयोगी हुने धारणा राख्नुभयो। सो समारोहमा अरनिको समाजका उपाध्यक्ष डा. मनोजमान श्रेष्ठले मेलाले नेपाल र चीनबीचको जनस्तरको सम्बन्ध मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रवद्र्धन समाजका अध्यक्ष अजरमान जोशीले चिनियाँ र नेपालका जनताबीचको अन्तत्र्रिmयालाई बढाउन मेलाले टेवा पुर्याउने बताउनुभयो।

मेलामा समय मिलाएर लाखे नाच, चर्या नृत्य देखाइने छ। मेलालाई संस्कृति र व्यापारको केन्द्रबिन्दू भनिएको छ। मेलामा १ सय वटा स्टलमध्ये चीनमा उत्पादित सामग्रीको ६० वटा स्टल रहेको छ। त्यसमा मनोरञ्जन, खेलकुद सामग्री, डिजिटल उपकरण, स्टेसनरी रहेको छ। ‘मेलामा चीनको सहभागितालाई नेपालको संस्कृति र व्यवसाय प्रवद्र्धनमा चीन सरकारको झै चिनियाँ जनताको सहभागिता र सहकार्यको प्रतीक हो।’ व्यावसायिक समाजका महासचिव सुरेशमान महर्जनले भन्नुभयो।

नेपालमा उत्पादित हस्तकला, धातुकला, प्रस्तरकला, महिलाले उत्पादनका ढाका कपडाजन्य सामग्री, तयारी पोशाक, लत्ता कपडा, सिद्धिपुरको सकुशलका विविध सामग्री, प्याङ गाउँका बाँसका सामग्री स्टल रहेको छ।

‘नेपाल चीन सांस्कृतिक आदानप्रदान केन्द्रका उपाध्यक्ष याङ चोङले चीनको सहभागितालाई चीनले अघि सारेको वन बेल्ट वन रोडले (ओबीओआर) बाट नेपालले पर्यटन, कृषि, ऊर्जा, उद्योग र पूर्वाधार विकासमा लाभ लिनका लागि प्रेरित गरेको सन्देश प्रवाह हुने बताउनुभयो। दुई देशका जनताबीचको आपसी लाभ पुग्ने दिशामा मेलाले ठोस टेवा पुर्याउने समाजका महासचिव सुरेशमान महर्जनको भनाइ रहेको छ। सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले यस्ता मेलालाई स्थानीय तहले प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो। मेलामा लुभुको टेक्सटायल उद्योगबाट उत्पादित ढाका र सूतीबाट बनाइएको आकर्षक पहिरनका विभिन्न डिजाइन देखाउन शनिबार ‘फेसन शो’ हुनेछ। मेला अवधिभर साँझमा नेपालीको मौलिक नृत्य, चर्या नृत्य र लोकप्रिय आधुनिक र सांस्कृतिक कार्यक्रम प्रस्तुति गरिने छ। मेला पाँच दिनसम्म चल्नेछ। मेलाको दुई लाखभन्दा बढीले अवलोकन गर्ने समाजको दाबी रहेको छ।

प्रतिक्रिया दिनुहोस्