निर्जलालाई सिंगल शो



केही सातायता नेपाली फिल्मले सिंगल रिलिज नपाइरहेका बेला निर्जलाले भने सिंगल रिलिजको मौका पाएको छ।

सामाजिक प्रेमकथामा आधारित भनिएको फिल्म निर्जला आज शुक्रबारबाट देशभर रिलिजमा आउने भएको छ। राजु गिरीले निर्देशन गरेको फिल्म प्रकाशचन्द्र न्यौपानेले निर्माण गरेका छन् भने अभिनेतृ शुभेच्छा थापाको प्रमुख भूमिका रहेको छ। फिल्ममा शुभेच्छाका साथमा किशोर खतिवडा, श्याम राई, शूरवीर पण्डित, निक शर्मा, राजकुमार थापा, पल्पसा डंगोल, रश्मी भट्टलगायतका कलाकारको अभिनय छ।

फिल्ममा बबुल गिरीको संगीत, उनको साथमा सुजाता वर्मा, मेलिना राई, सलिल सुन्दर तुलाधर र सवनम आचार्यको स्वर तथा दिनेश सुवेदी, राम रुवाली र बबुल गिरीको शब्द रहेको छ। त्यस्तै कमल राईको नृत्य निर्देशन, रवि कोइरालाको छायांकन तथा तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्