छक्का पञ्जा–३ कस्तो



निर्मात्री, अभिनेतृ तथा निर्देशक दीपाश्री निरौलाले छक्का पञ्जा–३ मा ३ सय प्रतिशत मेहनत गरेको र नयाँ विषयलाई उठाएको दाबी गरेकी छिन्। ‘छक्का पञ्जा यस्तो ब्रान्ड हो, जसमा दर्शक आँखा चिम्लिएर आउनुहुन्छ अनि खुसी भएर जानुहुन्छ।

त्यसकारण हामीले छक्का पञ्जा–३ मा ३ सय पर्सेन्ट मेहनत गरेका छौं। यसपटक शैक्षिक विकृतिलाई उठाएका छौं। बुधबार सञ्चारकर्मीहरुसँग गफिँदै दीपाले भनिन्– ‘नयाँ विषय उठाएका छौं, जुन पुरै हास्य पनि होइन। हुन त लोप हुन लागिसकेको लोकगीतलाई हामीले सुर्के थैलीमार्फत छक्का पञ्जामा ल्यायौं। मानिसले लोकगीत पनि चल्छ र भनेका थिए। तर त्यही गीतबाट लोकगीतको पुनरागमन भयो। सुदँरपश्चिमको भाषा ल्याउँदा हिन्दी भाषा ल्याए पनि भने तर त्यो पनि दर्शकले रुचाउनुभयो। महिलाले कस्तो–कस्तो काम गरीसकेका छन्। तर नेपालमा चाहिँ महिलाले पनि काम गर्न सक्छ र भन्ने संकीर्ण विचार सुनेर हास उठ्छ र मन दुख्छ। निर्देशन गर्ने काम त्यति गाह्रो छ कि मानिस पागल नभई फिल्म निर्देशक बन्न सक्दैन। त्यसमा हामी महिला पनि ट्यालेन्ट छौं।’

अभिनेता दीपकराज गिरीले छक्का पञ्जा–३ फिल्म मेहनत र लगानीको हिसाबले सबैभन्दा उत्कृष्ट रहेको दाबी गरे। ‘छक्का पञ्जा सिरिजको फिल्ममध्ये यो फिल्ममा हामीले निकै दुःख गरेका छौं। फिल्म हास्यधारमा बने पनि छक्का पञ्जा–१ र २ जस्तो पुरै कमेडी होइन, यसमा रमाइलोका साथै केही गम्भीर कुरा पनि समावेश गरिएको छ। हामीले धार परिवर्तन गरेनौं भने फिल्म एकै किसिमको धारमा जान्छ। यो फिल्म अर्को ल्यान्डमार्क हुन पनि सक्छ’ –गिरीले भने। दीपकले छक्का पञ्जा–३ पछि अर्को एक फिल्ममा काम गर्ने र त्यसका लागि विषय हेर्दै गरेको बताए। ‘हामीले तत्काल छक्का पञ्जा–३ को बारेमा सोचेका छैनौं। तर छक्का पञ्जा सिरिज रोकिएको भने होइन, हामी छक्का पञ्जा–१० सम्म बनाउन सक्छौं’, फिल्ममा आफ्नो भँमिका खुलाउँदै उनले भने– ‘यो सिरिजमा पनि म राजाको भँमिकामै छु। तर यसपटक राजा पोलिटिसियनको रुपमा छु।’

हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढाले फिल्ममा काम गर्दा बाल्यकालको सम्झना आएको बताए। ‘मैले कक्षा ५ सम्म हाफ पाइन्ट लगाएको थिएँ। हाफ पाइन्ट लाएर हामी माटोमा चिप्लेटी खेल्थ्यौं र फाट्थ्यो, यसमा पनि हाफ पाइन्ट लाएर अभिनय गर्दाै त्यही याद आयो’ –घिमिरेले भने। उनले फिल्म उत्कृष्ट बनेको तर दर्शकलाई जबरजस्ती फिल्म हेर्नैै पर्छ भनेर चाहिँ नभन्ने बताए। ‘दर्शकले नेपाली फिल्म हेर्नुको धेरै फाइदा छन्। नेपाली फिल्म हेर्दा नेपाली कलाकार प्राविधिकले नै कमाइ गर्छन् र त्यो पैसा स्वदेशमै रहन्छ। अहिलेका बालबालिकाले नेपाली भाषा शुद्ध बोल्नै जान्दैनन्, उनीहरुले फिल्मबाट धेरै कुरा सिक्न सक्छन्’ –उनले भने।

नायिका दीपिका प्रसाईं आफ्नो दोस्रो फिल्म छक्का पञ्जा–३ ले आफँलाई उचाइ दिलाउनेमा विश्वस्त छिन्। ‘पहिलो फिल्म ऐश्वर्यभन्दा यसमा धेरै मेहनत गरेको छु। डेफिनेट्ली अडियन्सले रुचाउनुहुन्छ भन्ने अपेक्षा छ’ –दीपिकाले भनिन्। उनले दीपाश्रीसँग काम गर्दा निकै सजिलो भनुभव भएको बताइन्। ‘डाइरेक्टर भनेको क्याप्टेन अफ ल सीप हो। उहाँहरु कम्फरटेबल र इजी हुनुभयो भने मात्र हामीलाई पनि कम्फरटेबल हुने हो। ऐश्वर्य मेरो पहिलो फिल्म भएका कारण धेरै कुरा थाहा थिएन। यसमा मैले धेरै कुरा जान्ने मौका पाएँ।

फिमेल डिरेक्टर हुँदा आफ्ना कतिपय कुरा इजिली शेयर गर्न सकिँदो रहेछ’ –उनले भनिन्। पहिलो र दोस्रो दुवै फिल्ममा आफँभन्दा पाको कलाकारको जोडी भएर खेल्दा नयाँ कुरा सिक्न पाएको उनले बताइन्। ‘पहिलो फिल्ममा रमेश उप्रेती दाइसँग खेलें। दोस्रोमा दीपक दाइसँग खेलें। उहाँहरुजस्तो मेचोर व्यक्तिको अपोजिटमा खेल्दा धेरै कुरा सिक्ने मौका पाएँ। एक्टरको एजभन्दा पनि आफँले कस्तो काम गरेको छु भन्ने कुरा महŒवपँर्ण हुन्छ’ –उनले भनिन्।

घटस्थापनाको दिन २४ गते रिलिज हुने फिल्ममा दीपकराज, दीपिका र केदारको साथमा जितु नेपाल, सन्जोग कोइराला, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, बुद्धि तामाङ, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्टलगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्