अष्ट्रेलियामा स्यानिटरी प्रडक्ट माथिको कर हट्यो



सिडनी ,( एजेन्सी)
महिला अधिकारवादी समुहहरुले वर्षैंदेखि चलाउँदै आएके अभियानपछि अन्तत अष्ट्रेलियाले महिला स्यानिटरी प्रडक्टहरु माथि लगाइँदै आएको विवादास्पद कर हटाएको छ । हाल सम्म अत्यावश्यक वस्तुको सुचिमा नराखिएका ट्याम्पोन र स्यानिटरी प्याड माथि दस प्रतिशत वस्तु तथा सेवा कर ( जिएसटी ) लगाइने गरिएको छ ।

महिलाहरुले कन्डम र सनस्क्रिन जस्त वस्तुहरुलाई कर छुट गरी स्यानिटरी प्रडक्टलाई भने वेवास्ता गरिनु ठूलो अन्याय भएको आवाज उठाउँदै आएक थिए । संघिय र राज्य सरकारबिच बुधवार यि वस्तुमाथिको लेवी हटाउने सहमति भएको हो ।

महिला मामिला मन्त्री केल्ली ओडवियरले स्काइ न्युज अष्ट्रेलियालाई भनेकीछिन् , ‘ सबैजना यो नमिल्दो कर हटाउन तयार भएकेमा हामी निकै खुशी छौं । राष्ट्रका लाखौं महिलाहरु यस कदम प्रति अनुग्रहित रहेका छन् । सन् २००० मा जिएसटि लागु गरिएयता विशेष गरी ‘ ट्याम्पोन कर ’ करको नामले पनि चिनिने स्यानिटरी प्रडक्ट माथिको लेवको विरोध गर्दै आएका थिए ।
लामो समय देखि यस सम्बन्धमा अभियान चलाउँदै आएकाहरुले यसलाई ठूलै उपलब्धि मानेर खुशीयाली प्रकट गरेका छन् । सन् २०१५ मा यस कर विरुद्ध ९० हजार जना भन्दा बढि व्यक्तिको हस्ताक्षर संकलन भएको थियो ।

अभियन्ताहरुले यस सम्बन्धमा ¥याप भिडियो समेत बनाएका थिए ।
कर हटाउने यो निर्णय संघिय सरकारले ल्याएको हो । यस अघि संघिय सरकारको यस्तो प्रतवामाथि राज्य सरकारले विरोध गर्दै आएको थियो । यस निर्णयको कारण अब अष्ट्रेलियाले कूल करिव २ करोड १० लाख अमेरिकी डलर वरावरको राजश्व गुमाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्