समलिंगी पेंगुइन जोडीद्वारा बच्चा पेंगुइन अपहरण प्रयास



कोपेनहेगन (एजेन्सी)
डेनमार्कको ओडन्सेको चिडियाखानामा दुई भाले पेंगुइनले एक बच्चा पेंगुइनलाई अपहरण गर्ने प्रयास गरेको अनौथो घटना भएको जनाइएको छ ।
मिरर अखबारमा छापिएको उक्त समाचार अनुसार चिडियाखानमा रहेका जनावरको ब्यवहार विशेषज्ञहरुले ती दुई भाले पेंगुइन एक अर्काको पार्टनर भएको र उनीहरुलाई ‘गे पार्टनर‘ समलिंगी जोडी भन्न सक्ने बताएका छन् । सम्भवत बच्चाको हेरचाह गर्ने इच्छाले गर्दा उनीहरुले त्यसतो ब्यवहार देखाएको हुन सक्ने जनाइएको छ ।

बच्चा फिर्ता पाउनकालागि उसको मातापिताले समलिंगी पेंगुइनसँग संघर्ष गरेका थिए । उक्त अनौथो अपहरण ती बच्चा पेंगुइनका अभिभावक पानीमा डुबुल्की लगाउन गएको मौका छोपेर गरिएको थियो । बच्चा एक्लै देखेपछि ती दुई समलिंगी जोडी पेंगुइनले उसको अपहरण प्रयास गरेका थिए ।
जनावरको रेखदेख गर्ने एक ब्यक्तीले एक स्थानिय सन्चार माध्यमलाई जनावरका बीचमा केही गलत भइरहेको देखिँदै आएको बताए ।

सँधै जस्तै पेंगुइनकी आमा नुहाउन गएको र उसले फर्कन ढिलो गरेपछि पिता पनि बच्चालाई एक्लै छोडेर पानीमा गएका थिए । त्यहीबेला दुई भाले पेंगुइन जोडीले बच्चा लग्ने प्रयास गरे । बच्चाको मातापिता फर्के पछि पनि समलिंगी जोडी बच्चा फिर्ता गर्न तयार थिएनन् । उनीहरुमा पिता बन्ने चाहना प्रबल भएको हुनसक्ने त्यसैले बच्चा छोड्न नचाहेको हुन सक्ने पशु ब्यवहार विज्ञहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्