तीन बैज्ञानिकलाई भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार, ५५ बर्षपछि एक महिला सम्मानित



स्टकहोम (एजेन्सी)
यस बर्षको भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान गरिएको छ । आधा सताब्दीभन्दा लामो समयपछि पहिलो पटक एक महिला डाना स्ट्रिकल्यान्ड सहित तीन जनालाई ‘लेजर फिजिक्स‘ क्षेत्रमा ‘अभुतपुर्व आविस्कार‘का लागि उक्त सम्मान प्रदान गरिएको हो ।
पुरस्कार विजेता क्यानाडाली डोन्ना स्ट्रिकल्यान्ड, फ्रान्सका गेरार्ड माउरोउ र अमेरिकी आर्थर अस्किनले करिब १० लाख अमेरिकी डलर बराबरको पुरस्कार धनरासीमा बराबर हिस्सा पाउने छन् ।

नोबेल कमिटीले मसिना उपकरण निर्माणमा ती वैज्ञानिकहरुले विकास गरेको प्रकासको प्रयोगका लागि उनीहरुलाई सम्मान गरेको जनाएको छ । आर्थर अस्किनले सुक्ष्मतम बस्तु तथा जीवलाई हेरफेर गर्न सकिने अत्यन्त सघन केन्द्रित प्रकाशको बिम ‘अप्टिकल ट्विजर्स ‘ आविस्कार गरेका हुन् । गेरार्ड मौराउ र डोन्ना स्ट्रिकल्यान्डले उच्च तिब्रताको अति शुक्ष्म अप्टिकल पल्स उत्पादन गर्ने विधिको विकाश गरेका थिए ।
स्ट्रिकल्यान्ड भौतिकशास्त्रमा उक्त पुरस्कार विजयी हुने तेस्रो महिला हुन् । ५५ बर्ष अगाडी मेरिया गोयपर्ट मेयरलाई परमाणुको न्युक्लिआई खोज गरेकोमा र अर्काे ऐतिहासिक भौतिकशास्त्री मेरी क्युरी मात्र उक्त पुरस्कारबाट सम्मानित हुने महिला हुन् ।

‘मैले केही राम्रो होला भन्ने सोचेको त थिएँ तर यसतो मैले सोचेको थिइन । अवश्यपनि हामी महिला भौतिकशास्त्रीहरुले खुसियाली मनाउनु आवश्यक छ, किनभने हामी त्यहाँ पुगेका छौं । यो अझ तिब्र अगाडी बढ्छ भन्नेमा आशावादी बनौं । म ती महिलाहरु मध्यबाटै सम्मानित भएकी एक हुँ ‘ अहिलेम्ममा उक्त विधामा पुरस्कृत हुने तस्रो महिला भएको तथ्य खुलासा भएपछि स्ट्रिकल्यान्डले एक पत्रकार सम्मेलनमा सो कुरा बोलेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्