भारतिय मुलका गीता आईएमएफको प्रमुख अर्थशास्त्रीमा नियुक्त



पेरिस (एजेन्सी)
हार्भर्ड युनिवर्सिटीमा भारतिय मुलका प्रोफेसर गीता गोपीनाथ अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)का प्रमुख अर्थशास्त्री नियुक्ती गरिएको छ ।
आईएमएफले यस सम्बन्धमा ट्विटरमा जानकारी दिएको हो । उनले मौरी आब्सफेल्डको स्थान लिनेछिन् । ओब्सफेल्ड यसबर्षको अन्तमा अवकास प्राप्त हुने छ ।

गीता हाल हार्भर्ड युनिभर्सिटीमा इन्टरनेसनल स्टडिज अफ इकोनोमिक्सका प्रोफेसर हुन् । उनले इन्टरनेसनल फाइनेन्स र म्याक्रोइकोनोमिक्समा सोध गरेकी थिइन् । आइएमएफका प्रमुख क्रिस्टिन लेगार्डले सोमबार गीता गोपीनाथलाई नियुक्त गरेको जानकारी दिँदै भेनकी छिन्, ‘गीता विश्वका उत्कृष्ट अर्थशास्त्रिहरु मध्यका एक हुन् । उसँग अत्यन्तै राम्रो प्राज्ञिक ज्ञान, बौद्धिक क्षमता र ब्यापक अन्तराष्टिय अनुभव छ । ‘

आईएमएफको यस पदमा पुग्ने गीता दोस्रो भारतिय हुन् । यसअघि भारतिय रिजर्भ बैंकका पुर्व गभर्नर रघुराम राजन पनि आईएमएफमा प्रमुख अर्थशास्त्री रहेका थिए ।

केरल सरकारले गीतालाई गत बर्ष राज्यको वित्तिय सल्लाहकार नियुक्त गरिएको थियो । गीताको जन्म केरलमा भएको थियो । केरलका मुख्य मन्त्री पिनाराई विजयनले गीतालाई नियुक्त गर्दा त्यतिबेला उनकै पार्टीका केही ब्यक्ती असन्तुष्ट भएका थिए । गीताले उक्त पद पाएपछि आफु सम्मानित भएको महसुस गरेको बताएकी थिइन् ।

उनी अमेरिकी इकनोमिक्स रिभ्युका सह सम्पादक पनि हुन् । गीतलो ब्यापार तथा लगानी, अन्तराष्टिय आर्थिक संकट, मुद्रा निति, ऋण तथा उदयमान बजारको समस्यामा करिब ४० सोधपत्र लेखेकी छिन् ।
गीता सन् २००१ देखि २००५ सम्म सिकागो युनिभर्सिटीमा सह प्राध्यापक थिइन् । त्यसपछि सन् २००५ मा हार्भर्ड युनिभर्सिटीमा सह प्राध्यापकका रुपमा उनको नियुक्ती भएको हो । सन् २०१० मा सोही युनिभर्सिटीमा उनी प्रोफेसर बनिन् ।

प्रतिक्रिया दिनुहोस्