टोकियोमा एक दिने नेपाली हाईकु महोत्सव सम्पन्न



जापान ।
टोकियोमा एक दिने नेपाली हाईकु महोत्सव सम्पन्न भएको छ ।

राजबिन थापा र जापान असोज १५ (नेपाल हाइकु केन्द्र तथा नेपाल साहित्य समाज जापान च्याप्टरको आयोजनामा सम्पन्न महोत्सवमा बिभिन्न देशका अतिथी हाइकुकार सहित जापानका साहित्यकारको बाक्लो उपस्थीति रहेको थियो ।

नेपाल हाईकु केन्द्रका अध्यक्ष प्राध्यापक रामकुमार पाडेँ, अश्वीनी कोईराला,शिरोमणि दवाडी,किरण पौडेल,बिजयराज आचार्य बेलायतमा कलम चलाउने साहित्यकार कृष्ण बजगाँइ प्रभा बरालको पनि कार्यक्रममा सहभागीता रहेको थियो । जापानमा पहिलो पटक सम्पन्न हाईकु महोत्सवमा जापानी र नेपाली हाईकुकारको सहभागीता थियो ।

टोकियोमा ९ वटा कृति बिमोचन र हाईकु प्रस्तुती गरिएको थियो । महोत्सवमा ‘रातो साकुरा’कुमारी रात’ ‘नीलो आशुँ’ ‘बुट्टे किमोनो’ ‘ छ हास्त्क्षर’ ‘ नाईलाको साहारा’ ‘ फूजीको फेद’ हण्डिंग हाईगा’ ‘ हाईकु पत्रिका’लगाएतका ९ कृति समेत एकै पटक बिमोचन गरिएको थियो ।

महोत्सवमा प्रमुख अतिथि उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालले नेपालीले लेखेका राम्रा थुप्रै रचनाहरु जापानी भाषामा पनि लेखेर या अनुवाद गरेर बुझाउन सकिने बताए । कार्यक्रममा बिशेष अतिथी एनआरएनए आईसिसि अध्यक्ष भवन भट्टले नेपाललाई चिनाउन साहित्य पनि माध्यम बन्न सक्ने बताए । त्यस्तै नेपाल हाईकु केन्द्रका अध्यक्ष राम कुमारले प्रस्तुत गरेको कार्यपत्र माथी जापानी साहित्यकार तथा नेपाली भाषाका प्रशिक्षक हारुहितो नोजु र सल्लाहाकार तिलक मल्लले टिप्पणी गरेको थियो ।

कार्यक्रममा संयोजक तथा अनेसासका केन्द्रिय उपाध्यक्ष प्रकाश पौडेल माईला,एनआरएनए आईसिसी प्रबक्ता भुषण घिमिरे, अनेसास जापानका संस्थापक अध्यक्ष डा।कुमार बस्नेत,नेपाली भाषा र साहित्यलाई माया गर्ने जापानी हारुहित नोजु,मायासुकी लगाएतले मन्त्व्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्