रुचाइयो कथा काठमाण्डु र इन्टु मिन्टु लन्डनमा



गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म कथा काठमाडौं र दोस्रो सातामा प्रदर्शनमा रहेको इन्टु मिन्टु लन्डनमालाई रुचाइएको छ।

राजधानीको कुमारी हलमा आइतबार साँझ गरिएको विशेष शोमा फिल्म हेरिसकेपछि त्यसमा सहभागी कलाकर्मीले फिल्मको कथावस्तु र निर्देशनसँगै कलाकारको अभिनयको खुलेर प्रशंसा गरे। फिल्म हेर्न पँर्व मिस नेपाल सदीक्षा श्रेष्ठ, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्माता माधव वाग्ले, निर्देशक नवीन सुब्बा, निर्माता निर्देशक अशोक शर्मा, निर्देशक प्रदीप भट्टराई, दीपेन्द्र के खनाल, कलाकारहरु खगेन्द्र लामिछाने, दीपकराज गिरी, केदार घिमिरे, निर्मल शर्मा, जितु नेपाल, प्रशान्त ताम्राकार, पँजा शर्मा, वर्षा राउतसँगै कथा काठमाडौं युनिटले फिल्म हेरेका थिए।

अहाना फिल्म्सको ब्यानरमा विजय राईले निर्माण गरेको फिल्ममा प्रियंका कार्की, प्रमोद अग्रहरी, आयुष्मान डीएस जोशी, सन्जोग कोइराला, सन्ध्या केसी र प्रेक्षा अधिकारीलगायतले अभिनय गरेका छन्। टेलिफिल्म निर्देशनमा चर्चा कमाएकी सञ्चारकर्मी संगीता श्रेष्ठको डेब्यु निर्देशनमा बनेको फिल्ममा काठमाडौंका भिन्नभिन्न ३ कथा देखाउने प्रयास गरिएको छ।


‘यतिबेला जेसुकै भए पनि आगामी केही वर्षपछि यो समयमा कथा काठमाडौं बनेको थियो भनेर हामीले अवश्य सम्झिनेछौं। समाजका यथार्थ चित्रणलाई पर्दामा चित्रण गर्ने प्रयास एकदमै राम्रो छ’, निर्देशक प्रदीप भट्टराईले फिल्म हेरिसकेपछि भने– ‘यस किसिमको सब्जेक्ट रोज्ने संगीताजीको आँटलाई हामीले मान्नुपर्छ।’ निर्देशक दीपेन्द्र के खनालले कथा काठमाण्डु केबल एउटा सोच मात्र नभएर यथार्थ पनि भएको चर्चा गर्दै फिल्म हेर्दै गर्दा धेरै घरमा भएको घटनालाई पनि सिम्बोलका रूपमा लिन सकिने बताए। ‘लाइफ सबैको आआप्mनै हुन्छ, फिल्मले यथार्थलाइ देखाएको छ। फिल्म हेरिरहँदा केही भावुक भएँ’, पँर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठले भनिन्– ‘यसको गीतकै कारणले मँल्यांकन गरियो। तर त्यो कथाअनुसार नै रहेछ, जसलाई निर्देशकले प्रस्ट्याउनुभएको छ।’

कलाकार जितु नेपालले फिल्ममा मनोरञ्जन मात्र नभई सन्देश पनि रहेको उल्लेख गर्दै भने– ‘कहीं हामी हास्छौं त कहीं भावुक बन्छौं। यो एउटा प्रयोग पनि हो, हाम्रै समाजको यथार्थ पनि हो। फिल्मले केही न केही छाप पक्कै छोड्छ।’ नायिका वर्षा राउतले फिल्मको तीनै कथा राम्रा भएको उल्लेख गर्दै भनिन्– ‘यस किसिमको फिल्म हाम्रा लागि नयाँ हो, तर शुरुआत कसै न कसैमार्फत त हुने पर्छ त्यो भयो।’
त्यसै गरी नवनायिक धिरज मगरले साम्राज्ञी राज्यलक्ष्मी शाहसँग रोमान्स गरेको फिल्म इन्टु मिन्टु लन्डनमालाई पनि रुचाइएको छ।
फिल्मले करोडमाथिको व्यापार गरेको छ। यसै अवसरमा गत साता राजधानीमा आयोजित एक कार्यक्रमबीच फिल्मको टिमले केक काटेर व्यावसायिक सफलताको खुसी साटेको छ।

यसका निर्माता प्रज्वल शमशेर जबराले फिल्मले राम्रो व्यापार गरेको दाबी गरे। नवनायक धिरज मगरले इन्टु मिन्टु लन्डनमा सफल भएपछि आफँलाई एक साताभित्रै ३ फिल्मबाट अभिनयको प्रस्ताव आएको बताए। अर्का नायक सारुक ताम्राकारले आफँहरूको मेहनतलाई दर्शकले रुचाएकोमा आभार व्यक्त गरे। फिल्मकी निर्देशक रेनेशा वान्तवा राईले आफँले निर्देशन गरेको पहिलो फिल्मबाट सफलता हाँसिल गरेको भन्दै यही टिमले अर्को सिनेमा बनाउने घोषणा गरिन्।

प्रतिक्रिया दिनुहोस्