जापानी र अमेरिकी प्राध्यापकलाई मेडिसिन तर्फको नोवेल पुरस्कार



स्टकहोम,(एजेन्सी)
मानव शरिरको प्रतिरोध प्रणाली प्रयोग गरी क्यान्सरसंग लड्न सकिने नयाँ तथ्य पत्ता लगाउने दुईजना बैज्ञानिकले सन् २०१८ को फिजियोलोजी वा मेडिसिनका लागि नोवल पुरुस्कार प्राप्त गरेका छन् ।

अमेरिकाका प्राध्यापक जेम्स पि एल्लिसन तथा जापानका प्राध्यापक तासुकु होन्जुले गरेको अध्ययन र अनुसन्धानबाट डरलाग्दो छालाको कयान्सर उपचारका लागि टेवा पुग्ने भएको छ । नोबल पुरुस्कार वितरण गर्ने स्विडेनी प्रतिष्ठानले तिनीहरुले पत्ता लगाएको इम्युन चेकप्वाइन्ट थेरापिले क्यान्सरको उपचारमा त्रmिान्ति नै ल्याएको जनाएको छ ।

तर विशेषज्ञहरुले यो विधि अत्यन्तै प्रभावकारी प्रमाणित भएको दावी गरेका छन् । युनिभर्सिटी अफ टेक्सासका प्राध्यापक एल्लिसन र क्योटो युनिभर्सिटीका प्राध्यापक होन्जाले नोवल पुरुस्काका ेकुल धनराषि करिव १० लाख १० हजार अमेरिकी डलर आपसमा दामासाही बाँडेर लिने भएका छन् ।


आफुलाई सो पुरुस्कार दिने घोषण भएकोमा खुशी हुँदै तासुकु होन्जोले पत्रकारहरुलाई भनेका छन् , ‘ म आफ्नो अनुसनधानलाई निरन्तरता दिन चाहन्छुँ । जसबाट इम्युन थेरापिले धेरै भन्दा धेरै क्यान्सर बिरामीको ज्यान जोगाउन सकियोस् । ’

मानव इम्युन सिस्टमले हामीलाई रोगबाट बचाउने गर्दछ , तर यसलाई हाम्रो तन्तुहरुमा आक्रमण नगराउन सुरक्षाका लागि निर्माण गरिएको छ । अन्य केहि क्यान्सर रोग विरुद्ध पनि यो उपचार विधिलाई प्रयोग गर्न सकिने बताइएको छ । एल्लिसन र होनजाले रोग प्रतिरोधात्मक कोषहरुलाई छोडेर प्रोटिन निर्माण कार्य बन्दगरी क्यान्सरका ट्युमरलाई आक्रमण गराउने तरिका पत्ता लगाएका छन् ।

यस उपायकै कारण नयाँ औषधिहरुको विकास भएका छन् , जसले गर्दा विगतमा उपचार ैहुन नसक्ने खालका क्यान्सरको पनि उपचार हुन सक्ने आशा पलाएको छ । इम्युन चेकप्वाइन्ट थेरापिलाई एनएचएसले सबैभन्दा खतरनाक किसिमको छालाको कयान्सर मेलानोमाको उपचारका लागि प्रयोग गरिरहेको छ ।

डाक्टरहरुले लामो समय देखि फोक्सोको क्यान्सरबाट पिडित रोगिहरु माथि पनि यो उपचार विधि प्रयोग गरिरहेका छन् । हरेक वर्ष सबैभन्दा पहिले मेडिसिन तर्फको नोवेल पुरुस्कारको घोषणा गरिन्छ । तर यसपालि साहित्य तर्फको नोवेल पुरुस्कार दिने निकाय यौन व्यभिचार काण्डमा मुछिएकाले यो विधाको पुरुस्कार नदिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्