इन्डोनेसिया सुनामी: राष्टपतिद्वारा अन्तराष्टिय सहयोगका लागि आह्वान



पालु (एजेन्सी)
भुकम्प तथा सुनामीले ध्वस्त भएको सुलावेसीमा स्वयं सेवकले सोमबार १ हजार भन्दा धेरै शव गाड्न सामुहिक चिहान खनेका छन् । प्राकृतिक विपत्तीले तहस नहस बनाएको सुलावेसी द्विपको संकतसँग जुघ्न इन्डोनेसियाले अन्तराष्ट्रिय सहयोग मागेको छ ।
आधिकारिक आंकडा अनुसार भुकम्प र सुनामीमा मर्नेको संख्या कम्तिमा ८ सय ३५ पुगेको छ । उक्त विपत्तीको ४ दिनसम्म पनि टाढाका दुर्गम इलाकामा सम्पर्क हुन सकेको छैन । औषधी सकिँन लागेको र उद्धारकर्ताहरु भत्केका संरचनाका भग्नावशेषमा पुरिएका पिडितहरुलाई निकाल्न आवश्यक ठुला उपकरणको अभाव झेलिरहेका छन् ।

राष्ट्रपति जोको विडोडोले कयौं दर्जन अन्तराष्ट्रिय सहायता एजेन्सी तथा गैर सरकारी संगठनहरुका लागि ढोका खोलेका छन् । उनीहरु जीवन रक्षा सहायताका लागि तयारी अवस्थामा रहेको बताइएको छ । उद्धारकर्मीहरुलाई आफुसँग सिधा सम्पर्क गर्न वरिष्ठ सरकारी अधिकारी टम लेमबोंगले ट्विटमा आह्वान गरेका छन् । आफुलाई राष्टपति विडोडोले अन्तराष्ट्रिय मद्दत स्विकार गर्न अधिकार दिएको उनले लेखेका छन् । अधिकारीहरुले आगामी दिनमा मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन् ।

पालुको पहाडी इलाका पोबोयामा स्वयंसेवकहरुले मृतकहरु गाड्न १ सय मिट लामो चिहान खनेका छन् । उनीहरुलाई १ हजार ३ सय पिडितलाई गाड्ने तयारी गर्ने निर्देशन दिइएको थियो । पाकृतिक विपत्तीपछि कुहिन थालेका शवका कारण विरामी फैलन नदिन अधिकारीहरु संघर्ष गरिरहेका छन् ।

सरकारले भुकम्प तथा सुनामी प्रभावित यस क्षेत्रमा संकतकालको घोषणा गरेको छ । पालुको एक होटलको भग्नावशेषमा मात्रै ६० जना पुरिएको आशंका गरिएको छ ।
पालुमा एक ब्यक्तीले कुनै सहायता नपाएको र उनीहरु भोकै रहेको बताए । भोजनका लागि उनीहरुसँग पसल लुट्ने बाहेक कुनै विकल्प नभएको पनि उनले बताए ।

१ हजार ३ कैदी फरार
इन्डोनेसियाको सुलाबेसी द्विपमा आएको शक्तिशाली भुकम्प पछिको सुनामीले विध्वंश मच्चाइरहँदा त्यहाँका कैदिहरुले भने त्यसको फाइदा उठाएका छन् । भुकम्प प्रभावित क्षेत्रका ३ वटा जेलबाट १ हजार ३ सय केदी उक्त पाकृतिकको फाइदा उठाउँदै फरार भएका छन् ।

न्याय मन्त्रालयका तर्फबाट जारी बयानमा उक्त आंकडाको पुष्टि गरिएको छ । भुकम्प प्रभावित पालुमा १ सय २० कैदी राख्ने क्षमता भएको एक जेलमा क्षमता भन्दा धरै ५ सय ८१ कैदी राखिएको थियो । ७ दशमलव ५ म्याग्निच्युडको भुकम्पमा जेलको द्वार भत्क्यो र त्यहाँका कैदीहरुले मौकाको फाइदा उठाइ हाले । भागदौड स्थितिको फाइदा लिँदै कैदीहरु भत्केको ठाउँबाट गार्डलाई छकाउँदै भाग्न सफल भए ।
न्यायिक अधिकारी फुग उतामीले सुरुवाटमा सबैकुरा नियन्त्रणमा रहेको जस्तो लागेको तर भुकम्पको तिब्रता र त्यसपछि आएको सुनामीले स्थिति अनियन्त्रि हुन पुगेको जानकारी दिए । उक्त स्थितिको फाइदा उठाउँदै कैदीहरु जेलबाट भाग्न सफल भए । जेलका कर्मचारीहरु प्राकृतिक विपत्तीका कारण डराएको र यस अवस्थामा कैदी नियन्त्रण गर्न उनीहरुलाई कठिन भएको बताइएको छ । कैदी सडकमा समुह बनाएर निस्केको र भाग्न सफल भएको जनाइएको छ ।

जेल अधिकारीले कैदीको नियत जेलबाट भाग्नु नै थियो भन्ने भन्न नसकिने बताए । प्राकृतिक विपत्तीले केही कैदीमा आफनो ज्यानको डर भएको र त्यसैले पनि ज्यान जोगाउन उनीहरु भागेको हुनसक्ने उनीहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्