एकैसाथ ३ कार्यक्रम



निर्माता, निर्देशक वासु शाहीको फिल्म निर्माण संस्था कल्प फिल्म प्रोडक्सनको आयोजनामा शनिबार एकै थलोमा ३ विभिन्न कार्यक्रम सम्पन्न भएको छ। ललितपुरको पूर्णचण्डी भ्वय् छेँमा भएको कार्यक्रममा शाहीको नयाँ फिल्म क्या फसादको शुुभसाइत गरिएको छ।

यसका साथै शाहीको वाया दुने जाकी दु (धानभित्र चामल) फिल्म सफल भएको अवसरमा त्यसका कलाकार, प्राविधिक र सहयोगीलाई मायाको चिनो प्रदान गरिएको छ भने एकसे एक नामक फिल्मको डीभीडी विमोचन पनि गरिएको छ। एकसे एकका निर्माता र निर्देशक शाही स्वयं हुन्। निर्माता, निर्देशक, लेखक एवं अभिनेताका रूपमा समेत निरन्तर आफ्नो यात्रा अगाडि बढाइरहेका वासु शाहीले एकसे
एकलगायत २० फिल्म बनाइसकेका छन्।

कार्यक्रममा प्रमुख अतिथि हेटौंडाका उद्योग व्यवसायी एवं समाजसेवी ज्योतिरत्न वज्राचार्यले एकै थलोमा आयोजित ३ कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे। पत्रकार विजयरत्न अशंबरे र नेवाः एचडी टेलिभिजनका प्रमुख नवीन जोशीलगायतका वक्ताहरूले पनि मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस्