चीनमा एचआइभी तथा एडस रोगीको संख्यामा वृद्धि



बेइजिंग,(एजेन्सी)
चीनले एचआइभि तथा एडस ग्रस्त आफ्नो नागरिकका ेसंख्यामा अचानक १४ प्रतिशतले वृद्धि भएके आइतवार सार्वजनिक रुपमा घोषणा गरेको छ । सरकार ीस्वास्थ अधिकारीहरुलाई हवाला दिँदै आधिकारिक समाचार निकाय सिन्ह्वाले चीनमा ८ लाख २० हजार जना भन्दा बढि एचआइ भि तथा एडस संक्रमित मानस रहको जनाएके छ ।

सन् २०१८ का ेअघिल्ला ेतीन महिनामा मात्र करिव ४० हजार नयाँ रोगीको पहिचान भएक ेबताइएको छ । तिनीहरु मध्ये अधिकांश असुरक्षित यौन सम्पर्कको कारण स्रक्रमित हुन पुगेको बुझिएको छ । विगतमा भने प्रायशः चीनका थुप्रै भागमा रगत लिने र दिने क्रममा इचआइभी तथा एडस सर्ने गरेको पाइएको थियो ।

तर अहिले रगत लिनेदिने क्रममा सक्रमण हुन ेघटना करिरव करिव शुन्य अवस्थामा पुगिसकेको युनान प्रान्तमा आयोजित एक सम्मेलनमा चिनिया स्वास्थ अधिकारीहरुले जानकारी दिएका छन् । एकवर्ष भित्र चीनमा एचआइभी तथा एडसका रोगी झण्डै १ लाखले वृद्धि भएके पनि बताइएको छ ।

चीनमा समलिंगीहरुके समुदयमा यौन सम्पर्कको कारण संक्रिमित हुने खतरा निक ैबढ्दै गइरहेको स्वास्थ सम्बन्धी एक अध्ययनले जनाएके छ । सन् १९८७ मा चीनमा समलिंगी यौन सम्बन्धलाई अपराध नरहेको अदालतले घोषण गरेको थियो ।

तर अझै पनि समलिंगी समुदायलाई परम्परावादी समाजमा निक ै घृणा र भेदभावपुर्ण व्यवहार गर्ने गरिएको छ । हाल ैगरेको अध्ययनले पुरुषहरुसंग यौनमा लिप्त भइसकेका झण्डै ७० देखि ९० प्रतिशत पुरुषले अन्तत महिलाहरुसंग विवाह गर्ने गरेको देखाएको छ ।

आफ्ना पार्टनरसंग सुरक्षित उपाय नअपनाई यौन सम्पर्क गर्नेहरुलाई बढि मात्रामा एचआइभी तथा एडस हुने गरेको भेटिएके छ । सन् २००३ देखि चीन सरकारले एचआइभी तथा एडसको रोकथाम तथानियन्त्रणका लागि उपचार र समाधान खोज्न विश्वव्यापि पहुँच पु¥याने घोषण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्