प्रधानमन्त्री ओलीको मानार्थ डाक्टर उपाधि मोह



नेपाल समाचारपत्र, काठमाडौं ।
संयुक्त राष्ट्रसङ्घ महासभाको ७३औँ अधिवेशनमा भाग लिई प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिका प्रस्थान गरेका छन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा प्रधानमन्त्री ओली कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा आईतबार सान होजेतर्फ प्रस्थान गरेका हुन्।

संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन न्यु योर्क पुगेका उनी उतैबाट कोस्टारिका पुगेका हुन्।कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री ओली कोस्टारिका पुगेका हुन्।

प्रधानमन्त्री ओलीसँगै पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू कोस्टारिका पुगेका हुन्।
प्रधानमन्त्री ओलीले सान जोसमा सान जोसमा शान्ति विश्वविद्यालयमा प्रवचन दिने कार्यक्रमसमेत रहेको छ। त्यहाँ उनलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिने लागेको विश्वविद्यालयले जनाएको छ।

भारतमा पनि ओलीलाई विद्यावारिधिको उपाधि

यसअघि प्रधानमन्त्री ओलीलाई गत चैतमा भारतको राजकीय भ्रमणका क्रममा त्यहाँको उत्तराखण्डमा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्व विद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो। उनले आफैले औपचारिक अध्यनन गरेर पीएचडी हासिल नगरेपनि मानार्थ उपाधी दिइएको थियो ।

एमाले अध्यक्ष समेत रहेको ओली अब डाक्टर केपी शर्मा ओली बन्ने भएका छन् । प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा उत्तराखण्डस्थित पंतनगरमा रहेको गोविन्द बल्लभ पंत कृषि एवम् प्रौद्योगिक विश्वविद्यालयले मानार्थ पीएचडीको उपाधि पाउनेछन् ।

विवादास्पद ग्रिनफोर्ड युनिभर्सिटीले दिएको मानार्थ विद्यावारिधिको उपाधि

त्यस्तै सन् २०१० मा उनलाई विवादास्पद ग्रिनफोर्ड युनिभर्सिटीले काठमाडौंमा विशेष दीक्षान्त समारोह आयोजना गरी मानार्थ विद्यावारिधिको उपाधि दिएको थियो। त्यसरी विशिष्ट व्यक्तीको नाममा विद्यावारिधिको उपाधि दिइएको भन्दै विश्वविद्यालय नै विवादमा परे पछि उनीसँगै उपाधि पाउने हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठसहितका अन्य व्यक्तिले उपाधि फिर्ता गरे पनि ओली उपाधि फिर्ता गरेका छैनन्। यसै कारणले प्रधानमन्त्री ओलीलाई सधैं यस्ता उपाधिको मोह हुने गरेको ठम्याउन सकिन्छ ।

प्रधानमन्त्री ओलीले सोमवार विश्वविद्यालयको रोर्डिगो काराजो क्याम्पसको भ्रमण गर्ने कार्यक्रम रहेको छ। त्यहाँ उनलाई नेपालमा प्रजातन्त्रको संस्थागत तथा शान्ति प्राप्त गर्न खेलेको भूमिकाका कारण मानार्थ विद्यावारिधिबाट सम्मान गर्न लागिएको विश्वविद्यालयले आफ्नो आधिकारीक वेवसाईटमा उल्लेख गरिएको छ ।

सोही क्रममा नेपालले युनिभर्सिटी फर पिसको स्थापना सम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गर्ने छ। नेपालका तर्फबाट सन्धिमा परराष्ट्र मन्त्रालयका अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा प्रवचन दिने भएपछि शान्ति विश्व विद्यालय स्थापनासम्बन्धी सन्धिलाई सांसदले अनुमोदन गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्