दुवाललाई क्षेत्रप्रताप पुरस्कारको घोषणा



तनहुँ । तनहुँमा स्थापित राष्ट्रिय स्तरको पुरस्कार ‘क्षेत्रप्रताप अधिकारी स्मृति पुरस्कार’ भाषा–साहित्यको क्षेत्रमा अनवरत पाँच दशकदेखि सेवा पु¥याउँदै आउनुहुने अझ ‘जनमत’को माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नै भाषा–साहित्यको संवद्र्धनका लागि विशिष्ट योगदान पु¥याउनुहुने साहित्यकार मोहन दुवाललाई प्रदान गरिने भएको छ । सिद्ध गुफामा भएको बृहत् कवि–गोष्ठीमा गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चका अध्यक्ष आकाश अधिकारीले उक्त घोषणा गरेका हुन् ।

एसियाको पहिलो गुफाका रुपमा प्रसिद्ध सिद्ध गुफामा भएको उक्त कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा, भानु नपाका अध्यक्ष हृदयराज गौली र तनहुँ जिल्ला समन्वय समितिका अध्यक्ष शान्तिरमण वाग्लेले पनि दुवाललाई बधाई दिई उनको साहित्यिक सेवाको प्रशंसा गरे । सिद्ध गुफामा भएको उक्त साहित्यिक कार्यक्रममा ६ वटा प्रदेशका साहित्यकारहरुको विशेष उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्